डा. सिके राउतलाई काठमान्डौँ लगिदै, भोली सर्वोच्चमा उपस्थित हुने !
सोमबार डा. सिके राउतको फाईनल बहस हुने जनाइएको छ ।

२०७५ मंसिर ९ आइतबार, बिहान ९:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पटक पटक पेशी सारिएका डा. सिके राउतलाई पुनः भोली सोमबार मँसिर १० गते सर्वोच्च अदालतमा उपस्थित गराइने भएको छ ।
त्यसको लागि डा. राउतलाई आईतबार (आज) नै काठमान्डौँ लगिने तयारी भईरहेको छ । भोली १०ः३० मा सर्वोच्च अदालतमा उपस्थित गराइने भएपछि आज साँझसम्म उनलाई काठमान्डौँ लगिने तयारी भईरहेको बुझिएको छ ।
स्वतन्त्र मधेस गठबन्धनका सँयोजक डा. राउतलाई राज्य विरुद्धको विप्लव मुद्दामा जिल्ला अदालत रौतहटले उनको बन्दी प्रत्यक्षीकरणको रिटमा मुद्दा सम्बन्धी कागजपत्र उपलब्ध नगराउँदा गत मँसिर ३ गतेको पेशीलाई ७ दिनको लागि सार्दै मँसिर १० गते सोमबारको लागि समय दिइएको थियो ।
गत असोज २१ गते त्यही मुद्दाको तारेख लिन गएको बेला जिल्ला अदालत रौतहटको परिसरबाट जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी टोलीले उनलाई पक्राउ गरी पुनः राज्य विरुद्धकै विप्लव मुद्दा दायर गरी अनुसन्धान प्रक्रिया लम्ब्याउँदै आएको छ ।
झण्डै ५० दिनपछि डा. राउतलाई राजधानी काठमान्डौँ स्थित सर्वोच्च अदालतमा उपस्थित गराउने समय तोकिएपछि उनका समर्थकहरु समेत भारी सँख्यामा पुग्ने स्वतन्त्र मधेश गठबन्धनका प्रवक्ता अब्दुल खानले जानकारी दिए ।
सर्वोच्च अदालतले यसअघि त्यही मुद्दामा उनलाई सफाई दिसकेका हुन भने रौतहट जिल्ला प्रहरीले त्यही मुद्दा लगाएर पुनः सर्वोच्च सम्म पुरयाएको छ । सोमबार डा. सिके राउतको फाईनल बहस हुने जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…