लागुऔषध सहीत दुई जना पक्राउ
संजय सहनी, रौतहट । रौतहट प्रहरीले प्रतिबन्धित लागुऔषध सहित दुईजनालाई पक्राउ गरेर कारवाही चलाएको छ । सिमावर्ती भारतिय बजार बैरगनियाबाट लागुऔषध खरिद गरेर गौर भएर चन्द्रपुर तर्फ जाने क्रममा प्रहरी चौकी हर्षाहाको टोलीले ना १ ज ६८२३ नम्बरको म्याजिक भ्यानलाई चेकजाँच गर्दा २ जना युवकलाई लागुऔषध सहित पक्राउ

२०७५ मंसिर ८ शनिबार, बिहान ७:०१ बजे१ मिनेट पढाइ

संजय सहनी, रौतहट । रौतहट प्रहरीले प्रतिबन्धित लागुऔषध सहित दुईजनालाई पक्राउ गरेर कारवाही चलाएको छ ।
सिमावर्ती भारतिय बजार बैरगनियाबाट लागुऔषध खरिद गरेर गौर भएर चन्द्रपुर तर्फ जाने क्रममा प्रहरी चौकी हर्षाहाको टोलीले ना १ ज ६८२३ नम्बरको म्याजिक भ्यानलाई चेकजाँच गर्दा २ जना युवकलाई लागुऔषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको हो ।
पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका वडा ७ का २२ बर्षिय सुमन राई र सोही स्थानका २३ बर्षिय सुजन आले रहेको प्रहरीले बताए । उनीहरुको साथ बाट लागुऔषध फेनारगन ७३ टेबलेट, नरफिन ७३ टेबलेट, डाईजिपाम ७३ टेबलेट बरामद भएको प्रहरी उपरिक्षक केदार ढकालले बताए ।
दुबैमाथी लागु औषध मुद्दा दर्ता भई जिल्ला अदालतगौर बाट म्याद लिएर कारवाही सुरु गरिएको उनले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…