४ बर्षमा नेपालमा विकासको लहर ल्याउँछौं : मन्त्री महासेठ
नेकपाको नेताहरुले पक्कि पुलको शिलान्यासबाट यस क्षेत्रका जनताहरुलाई टेवा पुगेको ।

२०७५ मंसिर ७ शुक्रबार, बेलुकी ७:२६ बजे२ मिनेट पढाइ

संजय सहनी, रौतहट । भौतिक पूर्वाधार तथा यातायत मन्त्री रघुविर महासेठले आउँदो ४ बर्षमा नेपालमा विकासको लहर ल्याउने बताएका छन् ।
रौतहटको कटहरिया नगरपालिका २ स्थित तरहरी खोलामा पक्कि पुलको शिलान्यास पश्चात उपस्थित जनसमुदायलाई सम्बोधन गर्दै उक्त कुरा बताएको भएको हो । मन्त्री महासेठले मधेश सहित विभिन्न प्रदेशहरुका जनताहरुलाई आत्मनिर्भर बनाई सुखी जिवनयापन गर्नका लागि आर्थिक एवं विकासको क्रान्ति ल्याउने एक मात्र नेकपा रहेको बताए ।
सरकारको काँधमा रहेका प्रमुख जिम्मेवार संघियतालाई स्थापित गराउन प्रदेश र स्थानीय तहलाई व्यवस्थित पार्न एक बर्षको समय खर्चिएर ऐन कानुनहरु निर्माण गरिएको बताउँदै अबको ४ बर्षमा विकासको फड्को मार्ने स्पष्ट पारे ।
यस प्रदेशमा संघिय सरकारको गम्भीर ध्यानाकर्षण भएर विकासका सम्पूर्ण कार्यहरु यसै प्रदेशमा भईरहेको हुँदा अव मधेशी जनतामा भ्रम छर्नेलाई जनताहरु राम्ररी चिनी सकेको एवं मधेश सहित नेपालमा नेकपाको कुनै विकल्प नरहेको उनले बताए ।
नेकपाको प्रदेश नम्वर २ का अध्यक्ष तथा रौतहट ३ का साँसद प्रभु साहले रौतहट विकास निर्माणको पूर्वाधार लगायत विभिन्न क्षेत्रमा अति नै पछाडि परेको जिल्लाको सूचीमा रहेको हुँदा वर्तमान सरकार गम्भीर भएर रौतहट सहित प्रदेश २ का जनताहरुलाई समृद्ध एवं सुखी बनाउने अभियानमा लागेको हुँदा आउदो समयमा यो प्रदेशका जनताहरु पनि नेकपालाई सघाएर पूर्ण रुपमा कम्युनिष्टको देश बनाउने विश्वास व्यक्त गरे ।
सडक विभागको निर्देशक दिपक भटराइले रौतहटको दुई स्थानमा भएको पक्कि पुलको शिलान्यासले त्यस क्षेत्रका जनताहरुलाई बजार तथा सहरको प्रमुख बाटो संग जोडिने कार्य हुँदा स्थानीय बासिन्दाहरु निकै खुशी भएको बताए । शिलान्यास भएको पुलहरु निर्धारित समय भन्दा अगावै निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित निर्माण कम्पनीलाई निर्देशन दिएको समेत स्पष्ट पारे ।
सो कार्यक्रममा संसदीय विकास समितिको सभापति कल्याणी खड्का, साँसद समिना खातुन, प्रदेश साँसद कुण्दन कुश्वाहा, नागेन्द्र यादव सहितका नेकपाको नेताहरुले पक्कि पुलको शिलान्यासबाट यस क्षेत्रका जनताहरुलाई निकै टेवा पुगेको बताए ।
तरहरी खोलामा निर्माण हुने २ स्पानको ६ मिटर लम्बाई, साढे सात मिटर चौडाई पुलको निर्माण गर्न ८ करोड १६ लाख ३१ हजार ६२२ रुपैया ७८ पैसा भ्याट सहित एपेक्स÷रबी जेभी काठमाण्डौले ठेक्का सकार गरेर २०७७ साल असोज ४ गते निर्माण कार्य पुरा गर्ने तथा गरुडा नगरपालिका स्थित झाझ खोलामा २ स्पानको ६४ मिटर लम्बाई, साढे सात मिटर चौडाई भएको पुल सोही निर्माण कम्पनीले १० करोड १४ लाख ८७ हजार ४०५ रुपैया २८ पैसा भ्याट सहितमा ठेक्का सकार गरेकोलाई आज छुटाछुटै समारोहका विच मन्त्री महासेठले शिलान्यास गरेको सडक डिभिजन कार्यालय चन्द्रपुरका इन्जिनियर श्यामनारायण मिश्राले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…