स्वास्थ्यमन्त्री उपेन्द्र यादव उपर एक डाक्टर भारी !
प्रा. डा. ध्रुवराज अधिकारीले दिएको राजीनामा पत्रले स्वास्थ्य क्षेत्रमै हलचल मच्चाएको छ ।

२०७५ मंसिर ७ शुक्रबार, बेलुकी ५:०० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । स्वास्थ्यमन्त्री उपेन्द्र यादव उपर वीर अस्पतालका एक चिकित्सक भारी पर्दै गएको छ ।
बढुवा तथा पदस्थापनकै लागि घुस दिन नचाहेको र चाकडी पनि गर्न नसकेको भन्दै देशकै जेठो तथा ठूलो बीर अस्पतालका चिकित्सक प्रा. डा. ध्रुवराज अधिकारीले दिएको राजीनामा पत्रले स्वास्थ्य क्षेत्रमै हलचल मच्चाएको छ ।
सिंगो सरकारलाई नै उक्त राजीनामामा उल्लेखित विषयवस्तुले आच्छुआच्छुु पारिरहेका बेला स्वयम् डा. अधिकारीले नै विहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो राजीनामाका सन्दर्भमा प्रष्टिकरण समेत दिएका छन् ।

डा. अधिकारीले आफूले सिधैं स्वास्थ्य मन्त्री अथवा मन्त्रालय सम्वद्ध व्यक्तिले घुस मागेको नभएर मन्त्रालयकै पेरीफेरीमा रहेका कुनै बिचौलीयाले आफूसँग अुनुचित लाभ लिन दुस्प्रयास गरेको बताउँदै बीर अस्पतालको वरिष्ठ चिकित्सकका हैसियतले बढुवाका क्रममा आफ्नो प्रतिस्पर्धी समेत कोही नरहेको अवस्थामा पनि आफू झण्डै तीस वर्ष एउटै पदमा कार्यरत रहनु पर्दाको असन्तुष्टि समेत राजीनामा पत्र मार्फत पोखेका छन् ।
‘सम्वन्धित निकायले त मुल्याकंन गर्न चाहेन, अरुसँग गुनासोको के अर्थ ?’ डा. अधिकारीले पुरस्कृत गर्नु पर्ने आफूलाई उल्टै स्वास्थय मन्त्रालयले निरुत्साहित तुल्याउने क्रियाकलाप भएपछि आत्म सम्मानकै लागि भए पनि राजीनामा गर्न बाध्य भएको गुनासो गरे ।
यसैक्रममा गत वर्ष न्यूरो सर्जरी यूनिटको नवौं तहमा बढुवा हुनुका साथै विद्यार्थी थेसीस गाइड समेत रहेका डा. अधिकारीलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (बीर अस्पताल) ले दरवन्दी खाली भएको जनाउँदै उनलाई नै काजमै भए पनि बीर अस्पतालमै पदस्थापन गरिदिन भन्दै स्वास्थ्य मन्त्रालयलाई पत्र लेखेको अवस्थालाई समेत लत्याउँदै मन्त्रालयले पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा सरुवा गरिएको थियो ।

तर, डा. अधिकारीले बिहीबार दिएको प्रष्टिकरण पत्रमा आफूलाई मन्त्रालयले पदस्थापन गरेको पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयमा ‘हाजिर हुनु पर्नेमा कानूनी प्रक्रिया र प्रशासनिक विषय बस्तुको अज्ञानतावस उक्त अस्पतालमा हाजिर हुन नगएको कारणले सृजित मेरो नितान्त नीजि समस्यालाई अन्यथा नलिइदिनु हुन हार्दिक अपिल गर्दछु ।’
उहाँले आफूसँग अनुचित लाभको माग गर्ने बिचौलियाको खोजीनिती तथा स्पष्ट पहिचान हुन बाँकी रहेको प्रष्टिकरण पत्रमा उल्लेख गर्नु भएको छ । चिकित्सा क्षेत्रका सम्वन्धित व्यक्तिले भने डा. अधिकारीमाथि भएको अन्यायलाई थप अत्याचार गर्न खोजेको अवस्थामा यस्तो प्रष्टिकरण आएको आशंका गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…