ऐतिहासिक मधेश आन्दोलनमा फिल्म 'मिशन मधेश'
भारतको साउथ स्टाईलको फाईट दिएर मिशन मधेश चलचित्रलाई थप उर्जा दिइएको छ ।

२०७५ मंसिर ७ शुक्रबार, बिहान ९:२३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । मधेशको ऐतिहासिक घटनालाई मधेश आन्दोलनसँग जोडर निर्माण भइरहेको फिल्म 'मिशन मधेश' यत्तिबेला जनचासोको विषय बनेको छ ।
कात्तिक २७ गतेदेखि सुटिंग शुरु भएको यस चलचित्रमा मधेश आन्दोलनका वास्तविक अगुवा दिनेश्वर गुप्ता नायक र नायिका कसिस दहालको मुख्य भूमिका रहेको छ ।
यो सँगै चलचित्रमा थप तीन सहनायक र नायिका रहेको छ भने मधेश आन्दोलनकै अर्का अगुवा आलम खान खलनायकको रुपमा भूमिका निर्वाह गर्दै आएको छ । दर्जनौ फिल्ममा निर्देशन गरिसकेका सुर्या साह निर्देशकको भूमिकामा सक्रिय रहेका छन् ।
सम्भवत मधेशी मैथली चलचित्रमा पहिलो पटक रेड क्यामराले सुटिंग भइरहेको मिशन मधेशको क्यामराम्यान विनोद सापकोटा रहनुभएका छन् । दिनाभद्री फिल्म प्रोडक्शन प्रा. लि. लहानको प्रस्तुतीमा निर्माण भइरहेको सो फिल्मका निर्माता मुकेश कर्ण हुन् ।
मधेश आन्दोलनको उदगम विन्दु अर्थात प्रदेश नं. २ को फिल्म उद्योगको रुपमा अघि बढिरहेको लहानको सेरोफेरोमा यस चलचित्रको सुटिंग भइरहेको छ भने फाईट मास्टर प्रदीप खड्काले भारतको साउथ स्टाईलको फाईट दिएर मिशन मधेश चलचित्रलाई थप उर्जा दिइएको छ ।
मंसिरको अन्तिम सत्तामा सुटिंग सम्पन्न गर्ने तयारीमा जुटेको छ भने फागुनको पहिलो सत्ता प्रदर्शनमा ल्याउने तयारी गरिरहेको निर्माता मुकेश कर्णले बताए ।
निर्माता कर्णले भने हिन्दी, नेपाली र भोजपुरीले प्रेमगाथामा आधारित फिल्म बजारमा ल्याइरहेको बेला हामीले मधेशको ऐतिहासिक र मधेश आन्दोलनसँग जोडेर फिल्म तयारीमा जुटेका छौ । यो फिल्म वृद्धदेखि बच्चासम्मले हेर्ने लायक बन्दैछन् । मुलत आफ्नो अधिकार आफैले लिन सक्नुपर्छ जस्ता सवालहरुको चित्रण यस फिल्ममा गरिएको छ ।
कथावस्तु तथा स्क्रीप्ट राईटर पत्रकार डिपी गुप्ता रहेको यस चलचित्रमा अधिकाँश दर्जनौ फिल्ममा काम गरिसकेका कलाकारहरु छन् । दूई दर्जनबढी नेपाली चलचित्रमा काम गरिसकेका आलम खानको सक्रिय भूमिका रहेको छ भने तीन चलचित्रमा काम गरिसकेकी कसिस दहाल मिशन मधेश फिल्मको चर्चित पात्रको रुमपा रहेको छ ।
चार फिल्म गरिरसकेका दिनेश्वर गुप्ता मुख्य नायकको रुपमा मिशन मधेशमा मारधाड एक्शन र अधिकारको लागि लड्ने पात्र हुन् ।
नायिका रेनुका कार्की, सुजित यादव, पुजा दास, तुलसा कोइराला, विरेन्द्र विरु, अरुण केसी, आरजि भिलेन, शिव यादव, राजकुमार राउत, भरत साह, अस्मा श्रेष्ठ, भारती गुप्ता, रवीन्द्र श्रेष्ठ, सुनिल साह, प्रदीप सिँह, रंजिता मण्डललगायत चार दर्जन कलाकारहरुले मिशन मधेश चलचित्रका पात्रहरु हुन ।
यस फिल्ममा ऐतिहासिक मधेस आन्दोलनको बेला देखिएको रक्तचरित्रको वर्णन गरिएको छ जो की मधेशका दर्शकलाई एकपटक हेर्न बाध्य बनाउने छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…