बृद्ध तथा अपाँगलाई घरमै पुगी उपचार
न्यूज ब्यूरो, सप्तरी । जाडोको मौसम चढे लगत्तै सप्तरीमा वृद्ध तथा अपाँगलाई घरमै सेवा दिने उदेश्यले घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गरिएको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले ज्येष्ठ नागरिक तथा पूर्ण अपाङ्गताहरुलाई घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रमको सोमबारदेखी शुभारम्भ गरेको हो । सो गाउ

२०७५ मंसिर ४ मंगलबार, दिउँसो २:१७ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, सप्तरी । जाडोको मौसम चढे लगत्तै सप्तरीमा वृद्ध तथा अपाँगलाई घरमै सेवा दिने उदेश्यले घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गरिएको छ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले ज्येष्ठ नागरिक तथा पूर्ण अपाङ्गताहरुलाई घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रमको सोमबारदेखी शुभारम्भ गरेको हो । सो गाउँपालिका वडा नं. ५ को बरसाइनस्थित स्वास्थ्य चौकीमा आयोजित स्वास्थ्य परीक्षण कार्यक्रमको उद्घाटन पश्चात् सो कार्यक्रमको शुभारम्भ गरिएको हो ।
स्वास्थ्य चौकीका प्रमुख राजेन्द्र यादवले स्थानिय असक्त ७८ वर्षिया उम्दा ठाकुरको स्वास्थ्य परीक्षण गरी घरदैलो कार्यक्रमको शुरुवात गरे । यता उमेर र अशक्तताका कारण उपचारका लागी स्वास्थ्य चौकीसम्म पुग्न नसक्ने ज्येष्ठ नागरिक तथा पुर्ण आपांगता भएका विरामीहरुले घरमै उपचार पाएपछि खुशी व्यक्त गरेका छन् ।
यसअघि घरदैलो कार्यक्रमको शुभारम्भ गर्दै तिलाठी कोईलाडी गाउँपालिका प्रमुख सतिश कुमार सिंहले उमेर र शारिरीक अशक्ताका कारण उपचारका लागी नजिकको स्वास्थ्य चौकी सम्म पुग्न नसकेर कष्टकर जीवन विताउन बाध्य ती ज्येष्ठ नागरिक र शारिरीक रुपमा अशक्तलाई सहज ढंगले स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले स्वास्थ्यको टोली खटाई घरदैलोमै स्वास्थ्य परिक्षण र उपचार गर्ने कार्यक्रम चलाइएको जानकारी दिए ।
उनले आठ वडा रहेका गाउँपालिकामा ७ सय १६ बृृद्ध, ९ सय २ बुद्धा गरी १ हजार ६ सय १८ जेष्ठ नागरिक छन् भने ११ जना शारीरिकरुपमा अशक्त रहेको जानकारी दिँदै घरदैलो स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रम आफ्नो पुरै कार्यकाल सम्म जारी रहने अध्यक्ष सिहले बताए ।
यस्तै गाउँपालिकाका निमित्त प्रशासकिय अधिकृत राजु झाले प्रत्येक महिनाको चार दिन स्वास्थ्यकर्मीको टोलीले ज्येष्ठ नागरिक र शारिरीक रुपमा अशक्त विरामीको पहिचान गरी घरमै गएर स्वास्थ्य सेवा प्रदान गर्ने जानकारी दिए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…