जनकपुरधाम गुठी संस्थानकोे जग्गा किर्ते गर्ने शर्मा पक्राउ
बिरख कुट्टीको सम्पूर्ण जग्गा बेचेर बैकुण्ठ र शर्माले मासेका छन् ।

२०७५ मंसिर ४ मंगलबार, बिहान १०:१० बजे२ मिनेट पढाइ
बिरख कुट्टीको सम्पूर्ण जग्गा बेचेर बैकुण्ठ र शर्माले मासेका छन् ।

२०७५ मंसिर ४ मंगलबार, बिहान १०:१० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । गुठी संस्थानको नाममा रहेको साढे दुई बिघा बढी जग्गा किर्ते जालसाजीगरी मोही बनेका अशोक कुमार शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।
रत्नसागर मन्दिरका महन्थ बैकुण्ठ दाससित मिलोमतो गरी गुठी संस्थानको नाममा लालपुर्जा रहेको जग्गाको किर्तेगरी मोही महलमा शर्माले आफ्नो नाम र जग्गा धनीमा रत्नसागर गुठी लेखाईएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर ८ स्थित ज्ञानकुप संस्कृत विद्यालयसँगै रहेको दुईवटा बाटो भएको उक्त जग्गा ज्ञानकुपको भोगचलनमा रहेको छ ।तर रत्नसागरका महन्थ बैकुण्ठले किर्ते जालसाजी गरी आफ्नो स्थानको नाम जग्गा धनी महलमा र आफ्ना मतियार शर्माको नाम मोही महलमा राखेको आरोप लागेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले शर्मालाई पक्राउ गरी किर्ते जालसाजी गरेको अभियोगमा शुक्रवार पक्राउ गरी आईतवार अदालतबाट म्याद थप गरेको छ । प्रहरीलाई गुठी संस्थान र जिल्ला मालपोत कार्यालयले उपलब्ध गराएको श्रेस्तामा जग्गा धनीमा गुठी संस्थान धनुषा मात्र उल्लेख रहेको छ ।
शर्माले सि.नं. १३५४–१५को कि.नं. २८को २–८–१५ र सि.नं. १३५४÷१४ को कि.नं. ६२ को ०–२–११ को जग्गामा मोही बनेका छन् । बिरख कुट्टीको सम्पूर्ण जग्गा बेचेर बैकुण्ठ र शर्माले मासेका छन् ।
किर्ते गरिएको जग्गा बिक्री गर्नका लागि जनकपुरधामका दुई जना व्यवसायी श्याम डोकानिया र नवल मुरारकासित ५५ लाख रुपैया बैना वापत लिएको बताईन्छ । यद्यपी यसको दुवै पक्षले पुष्टि गरेको छैन् ।
प्रहरीले किर्ते जालसाजीको थप अनुसन्धान भईरहेको जनाउँदै दोषी देखिएका सबैमाथि मुद्दा चलाइने जनाएको छ ।
किर्ते जालसाजीको मुख्य नाईके मानिएका बैकुण्ठ दासले लालपुजा बदर नभएकोले बेचबिखन गर्ने अधिकार प्राप्त रहेको बताए ।उनले अदालतमा विचाराधिन रहेको मुद्दामा प्रहरीले दवाव र प्रभावमा परेर पक्राउ गरेको आरोप लगाए ।
‘प्रहरी दवाव र प्रभावमा परेको छ’दासले भने, अदालतमा मुद्दा विचाराधिन रहेकाले प्रहरी कार्वाहीको कुनै औचित्य छैन् ।बैकुण्ठ दासले अन्य कुटीहरुको किर्ते गरी बेचेका जग्गाहरुको पनि छानविन हुने बताईएको छ । जनकपुर टुडेमा समाचार छ ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
पत्रपत्रिका
१६ मिनेट अगाडि
गोरखामा बूढीगण्डकीको भीषण बाढी, ३५ घर बगे, तटीय बस्तीका बासिन्दामा त्राहिमाम१३ घण्टा अगाडि
जनकपुरमा ई–रिक्सासहित करिब ९ लाखको इलेक्ट्रोनिक्स सामान बरामद१६ घण्टा अगाडि
जंतरमन्तर जान लागेका पूर्व मुख्यमन्त्री एवम् आम जनता पार्टीका सँयोजक अरविन्द केजरीवाल पक्राउ१६ घण्टा अगाडि
जनकपुरमा युवक हत्या प्रकरणः गुण्डासहित उनको आमाबुवामाथि समेत कर्तव्य ज्यानमा जाहेरी२१ घण्टा अगाडि
दिल्लीमा प्रदर्शनअघि सीजेपीका संस्थापक अभिजीत दीपके पनि हिरासतमा२१ घण्टा अगाडि
दिल्लीमा CJP प्रदर्शनअघि युट्युबर ध्रुव राठी गुरुग्रामबाट हिरासतमाअसोज २०८३
आइतबार · प्रतिपदा
तस्बिर: Mithunkunwar9 / Wikimedia Commons / CC BY-SA 4.0आइतबार · प्रतिपदा
घटस्थापना, नवरात्र (दशैँ) आरम्भ
घटस्थापना, जसलाई नवरात्रको पहिलो दिनको रूपमा पनि चिनिन्छ, दसैं पर्वको आरम्भ गर्ने विशेष अवसर हो। यस दिन देवी दुर्गाको पूजा आरम्भ गरिन्छ र घट (सधैं) राख्ने अनुष्ठान गरिन्छ। यस अवसरमा श्रद्धालुहरू चाकु वा चाँदीको घटमा दुर्गामाता को चिन्हको साथ चामल राखेर पूजा गर्छन् र चन्द्रमा ग्रहण गर्ने आशासहित ९ दिनको उपवास तथा पूजा आरम्भ गर्छन्। दसैं चाडको यो आरम्भ जस्तो महत्व राख्छ, त्यसैले हरेक वर्ष भक्तजनहरूले यसलाई आस्था र श्रद्धाका साथ मनाउँछन्।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
२०८३ असोज २४ शनिबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
घरको कुनै कुनामा परिवर्तन गर्दा वातावरण नै फरक महसुस हुनेछ। परिवारसँग मिलेर गरेको कामले आपसी निकटता बढाउनेछ। संगीत, प्रकृति वा शान्त वातावरणमा बिताएको समयले मनलाई स्फूर्ति दिनेछ। आजको शुभ रंग हल्का सुनौलो हो भने शुभ अंक २ रहेको छ।
व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…