मन्त्रीको 'मधेश प्रदेश' नाम राख्नुपर्ने प्रस्ताव
‘मधेस प्रदेश ’ नै नाम रोजौ । बिभिन्न नामधारी धमिलो पानीमा माछा मानर्हेरु देखि सावधान !

२०७५ मंसिर ४ मंगलबार, बिहान ८:३६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ मा प्रदेशको नामाकरण, राजधानी तथा भाषाको टुङ्गो लगाउन सकस भएको बेलामा प्रदेशका एक मन्त्रीले ‘मधेश प्रदेश’ नामाकरणका प्रस्ताव गरेका छन् ।
प्रदेश नामाकरणको विषयमा चर्को बहस चलिरहको समयमा प्रदेश २ का उद्यागे, पयर्टन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलल फेसबुकमा पहिलो, दोस्रो तथा तेस्रो मधेस आन्दोलन ‘मधेस प्रदेश’ का लागि भएको अर्थाउँदै वाल पोष्ट गरको छन् । उनले समाजिक सञ्जाल फेसबुक स्टयाटस माफर्त लेखेका छन् । “म मधेश आन्दालेनका योद्धा हुँ, मधसे आन्दोलन ‘मधेस प्रदेश’ कै निम्ति भएको थियो । हाल ठुला– ठुला होर्डिँगबोर्डबाला नामहरु फेसबुकमा हेर्छु , पक्कै पनि मधेस आन्दोलन त्यसका निम्ती भएको थिएन ।"
राजपाका सह–महामन्त्री समेत रहेका राज्यमन्त्री मण्डलले फेसबुक स्टाटस्मा अगाडि लेखेका छन, “अपूर्ण रहेको मधेस आन्दालेनलार्इ पूर्णता दिन ‘मधेस प्रदेश ’ नै नाम रोजौ । बिभिन्न नामधारी धमिलो पानीमा माछा मानर्हेरु देखि सावधान !” यसरी राज्यमन्त्री मण्डलले अपूर्ण रहेको मधेस आन्दालेनलाइ पूर्णता दिन प्रदेश २ को नाममा ‘मधेस प्रदेश ’ नै रोज्न आग्रह गरेका छन् ।
प्रदेश २ को नामाकरणमा सतापक्ष संघीय समाजवादी फोरम नेपभल र राष्ट्रिय जनता पार्टी नेपाल मधेश प्रदेशका लागि एकमत छन् भने प्रतिपक्ष नेकपा र काँग्रेस मधेश प्रदेश नाम नै सुन्न चाहदैनन् । प्रदेश २ को नाम राजनीति दलबाट औपचारिक रुपमा आउन नसकेपनि सत्तापक्ष दुवै दल मधेश प्रदेशको पक्षमा उभिएका छन् ।
यता, सत्ताधारी दल बाहेक नेकपा (एमाले माओवादी ) र नेपाली काँग्रेस मधेस ८ जिल्ला मात्रै नभएकोले मधेसको साटो मिथिला, मिथिला भोजपुरा, जानकी वा अन्यमा बहस गर्नुपर्ने जिकीर गर्दछन् । सत्तासाझेदार दल बाहेक विपक्षीले भने मधेश प्रदेशमा सहमतिको मनशाय बुझेर प्रदेश २ को सरकारले प्रदेशको नाम, राजधानी र भाषा टुग्याउँन आयोग गठन गरेर काम अघि बढाएको छ ।
प्रदेश नीति आयोगका उपाध्यक्ष हरिवंश झाको संयोजकत्वमा गत कार्ति ११ गते समिति गठन गरेको छ । ४५ दिन म्याद पाएको समितिले हालसम्म छलफल गर्न सकेको छैन । तर, राजनीति वृतमा प्रदेशको नाम र राजधानीबारे व्यापक चर्चा परिचर्चा र बहस भने सुरु भएको छ ।
विशषे गरी प्रदेशको नामाकरणलाई लिएर समाजिक सञ्चाजलमा व्यापक चर्चा भईरहेको छ । यस अघि प्रदेश २ सरकारले प्रहरी ऐन, बजेट बहुमतले पास गरे पनि प्रदेशको नाम, स्थायी राजधानी र भाषा प्रदेशसभाबाट पास गर्न दुई तिहाई नै चाहिन्छ । तर दुई तिहाई नहुँदा सत्ताधारी दलले आयोग गठन गरेर समाधान खोज्न खोजेको देखिन्छ ।
नेकपा (एमाले) का संसदीय दलका नेता सत्यनारायण मण्डलले जानकी प्रदेश उपयुक्त हुने बताईरहदा नेकपा (माओवादी) कै अर्का सांसदले भने ‘मिथिला–भोजपुरा’ हुनुपर्ने अडान छ । यसैगरी नेपाली काँग्रेस संसदीय दलका नेता रामसरोज यादवले ‘मिथिला’ प्रदेशको विकल्प नभएको बताउँछन् । प्रदेशको नाम र राजधानी तथा भाषाबारे प्रदेशसभाको दुई तिहाइले निर्णय गर्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रदेश २ को सत्तारुढ संघीय समाजवादी फोरम र राजपासँग सामान्य बहुमत (५४) मात्र छ। १ सय ७ सदस्यीय प्रदेशसभामा नेकपासँग ३२ (एमाले २१–माओवादी ११) र कांग्रेसका १९ सांसद रहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…