पैतृक सम्पतिको विषयमा झगडा हुँदा घर जल्यो !
देबरानी र देबर मिलेर परमशिलालाई पटक पटक कुटपिट गर्दै आएको बताइएको छ ।

२०७५ मंसिर ३ सोमबार, बेलुकी ६:५३ बजे२ मिनेट पढाइ

विनय कुमार यादव, धनुषा । धनुषामा देबरानी र जेठानीबीच झगडा हुँदा जेठानी घाईते भएकी छन् ।
धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नं. २ सिनुरजोडा बस्ने स्थानीय श्याम सुन्दरकी ३८ बर्षिय श्रीमति परमशिला देवी यादवलाई उनकै देबरानी र देबर मिलेर कुटपिट गर्दा घाईते भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी नीरिक्षक अरुण सिँह कुशवाहाले जनाएको छ ।
सिँहका अनुसार घरमा पैतृक सम्पतिको लागि उनीहरुबीच बारम्बार झैझगडा हुँदै आएको स्थानीवासीहरुलाई उदृत गरे । यता, घाईते परमशिलाको घरमा गएराती करिब २ बजे आगो लागेर सबै समानहरु जलेर नष्ट भएको छ । परमशिला उपचारको लागि अस्पतालमा हुँदा गएराती उनको घरमा आगो लगाइएको आरोप लगाएकी छन् ।
न्यूज ब्यूरोसँग कुराकानी गर्दै परमशिलाका भाईले दिदीको घरमा कोही पनि नभएको मौका छोपी उनको देबरानीले नै आगो लगाएको आरोप लगाएका छन् । एकदिन पहिले मात्र उनको देबरानी र देबर विपीन यादवले घरमा आगो लगाईदिने भनेर धै धम्की दिँदै आएका थिए ।
विगत ८ वर्षदेखि नै वैदेशिक रोजगारीको क्रममा कत्तार बस्दै आएका परमशिलाकी लोग्ने श्याम सुन्दर यादवसँग पैतृक सम्पतिको लागि भनाभन सँगै झैझगडा हुँदै आएको छ । यादव घरमा नभएको मौका छोपेर देबरानी र देबर मिलेर परमशिलालाई पटक पटक कुटपिट गर्दै आएको बताइएको छ ।
आगलगीबाट ३ लाख बढी मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । यता, परमशिलासँग आईतबार भएको झगडाको क्रममा थप झगडा उग्र नहोस भनेर विपिनलाई नियन्त्रणमा लिएर रातभरि प्रहरी हिरासतमा राखेको प्रहरीले जनाए ।
विपिन हिरासतमै रहेको बेला राती आगो लागेको बताउँदै दुई कोठे पक्की घरमा विद्युत सर्ट सर्किट भएर आगो लागेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । भने पीडितले त्यो आगो परमशिलाकी देबरानी एवम् विपीनकी श्रीमतिले नै लगाएको आरोप लगाएको छ ।
"विद्युतको बारेमा म आफैँ जानकार छु, म विद्युत मिस्त्री पनि हो । विद्युत सर्ट हुँदा सबभन्दा पहिले एमसिबी झर्छ , जबकी एमसिबी त्यतिकै रहेको छ र कुनै पनि तारमा आगो लागेको देखिदैन । सर्ट हुन्थ्यो भने पहिले बरण्डाको तार जल्ने थियो नकी मात्र घर भित्रको । यो विद्युत सर्ट होईन, आगो सुनुयोजित ढँगले लगाइएको छ ।" परमशिलाकी भाईले भने ।
यता, वडाध्यक्ष गणेश यादवले घटनाको बारेमा जानकारी भएको स्वीकार गर्दै आगो कसरी लागेको बारे आफूलाई केही थाहा नभएको बताए । उनले विपिन रातभरि प्रहरी हिरासतमा भएको तथा विहान मात्र घर आएको बताए ।
यस घटना सम्बन्धमा विपिनसँग सम्पर्क हुन सकेन भने प्रहरीले थप अनुसन्धान अगाडी बढाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…