'न्यूज ब्यूरोकर्मी' अब प्रहरीलाई सघाउने
समुदाय प्रहरी साँझेदार कार्यक्रममा उनलाई संचारकर्मीको तर्फबाट चयन गरिएको हो ।

२०७५ मंसिर ३ सोमबार, दिउँसो २:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सुनसरी । नेपाल प्रहरीले सँचालन गरेको समुदाय र प्रहरीबीचको साँझेदारी कार्यक्रममा सुनसरीबाट न्यूज ब्यूरोका सुनसरी संवाददातालाई छनौट गरिएको छ ।
सोमबार सम्पन्न एक कार्यक्रमबीच न्यूज ब्यूरोका सुनसरी संवाददाता चन्दन रौनियारलाई अपराधमुक्त समाज निर्माणको लागि प्रहरीले ल्याएको समुदाय प्रहरी साँझेदार कार्यक्रममा उनलाई संचारकर्मीको तर्फबाट चयन गरिएको हो ।
र्इलाका प्रहरी कार्यालय दुहवी र जिल्ला प्रहरी कार्यालय सुनसरीलाई गृह मन्त्रालयले अपराध रोकथाम, सामाजिक विकृति विसंगति विरुद्ध जनचेतना फैलाउन, सुरक्षा व्यवस्थापनमा सहयोग अभिवृद्धि गरी सामुदायिक सुरक्षा अभिवृद्धिका लागि देशभर ल्याएको कार्यक्रमलाई जिल्लास्तरमा लागू गर्ने गरी कार्यक्रम सञ्चालन गरेको छ ।
नेपाल प्रहरी र समुदाय बिच सुमधुर सम्वन्ध स्थापित गरी समाजमा शान्ती सुरक्षा अमन चैन तथा सर्वसाधरण समेतमा चेतनाको अभिवृद्धी गरी कार्य सम्पादन गर्ने प्रहरीको अवधारणा अनुरुप हालै मात्र नेपाल प्रहरीले देशव्यापी रुपमा स्थानिय तह सँग सहकार्य गरी समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम समपन्न गरेको थियो ।
नेपाल प्रहरी जस्तो गौरवान्ति संगठनलाई देशहित र समाजहितको लागि जिम्मेवारी पाएका हाम्रा संवाददाता चन्दन रौनियारलाई त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. र न्यूज ब्यूरो बधाई ज्ञापन गर्दछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…