भोजपुरी स्टार निरहुआले गरे आम्रपाली दुवेसँग विवाह
उनीहरुको भाईरल भिडियो कुनै एक भोजपुरी फिल्मको अँश मात्र हुन ।

२०७५ मंसिर ३ सोमबार, दिउँसो २:०९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, एजेन्सी । भोजपुरी सिने जगतका सुपर स्टार अभिनेता दिनेश लाल यादव 'निरहुआ" एवम् अभिनेत्री आम्रपाली दुवे एक भिडियोमा विवाह गर्दै गरेको देखिएको छ ।
भोजपुरी सिने जगतकी अभिनेत्री आम्रपाली दुवे एवम् निरहुआको जोडी जब सिनेमाको पर्दामा आउँछ उनका फ्यानहरु खुसीले झुम्छन् । प्राय यी दुवै अभिनेता अभिनेत्रीको जोडी टिभि वा सिनेमा पर्दामा धुम मच्चाउने गरेको छ ।
विगत केही दिन यता निरहुआ र आम्रपाली दुबेको एक भिडियो अहिले युटुबमा खुवै चर्चामा रहेको छ । यस भिडियोमा निरहुआले आम्रपालीको सिउँदो (माग) मा सिन्दुर भर्दै गरेको देख्न सकिन्छ ।
उनका फ्यानहरु यो कुराले परेशान तथा दुविधामा परेको छ की कतै वास्तवमा उनीहरुले वैवाहिक बन्धनमा त बाँधिएको छैनन् ? यस भिडियोलाई हेर्दा तपाईलाई पनि यस्तै लाग्छ केही बेर की उनीहरु साँच्चिकै विहे गरेको हुन सक्छ तर वास्तविकता भने त्यस्तो छैनन् ।
भिडियो हेर्नुहोस् ।
उनीहरुको भाईरल भिडियो कुनै एक भोजपुरी फिल्मको अँश मात्र हुन । यसमा दिनेश लाल यादव निरहुआ बाईकमा आफनी आमालाई राखेर मन्दिर ल्याउँछन । तर मन्दिर पुगे लगत्तै निरहुआ उपर केही गुण्डा बदमासहरुले हमला गरिदिन्छ । यसैबीच, निरहुआको आमालाई ती बदमासहरुले अपहरणशैलीमा मन्दिरबाट पर लगेर फोन गरी आम्रपालीसँग विवाह गर्न बाध्य बनाउने गरी दबाब दिन्छन् ।
पहिले त निरहुआ त्यो जबरदस्तीको विवाह गर्न मान्दैनन तर आफ्नो आमाको ज्यान जोखिमा देखेपछि पुनः उनी विवाहको लागि तयार हुन्छन र यसरी दिनेशलाल यादव निरहुआ र आम्रपाली दुवेको विवाह हुन्छन् ।
यसरी हेर्दा निरहुआ आम्रपालीसँग विहे गरिलिएका छन् तर रिल लाईफमा मात्र, रियल लाईफमा भने होईनन् । उनीहरुको यो विहेबाला भिडियोलाई दर्शकहरुले खुवै मन पराएका छन् ।
निरहुआले आफ्नो ईन्टाग्राम अकाउण्डटमा यो भिडियो पोष्ट गरेका छन् । यो भिडियोमा निरहुआ र आम्रपाली दुवे धमाल फिल्को एक डायलग माथि लिप किसीँग गर्दै देखिएको छ ।
दुवै जनाको जोडी सिने लाईफमा दर्शकहरु खुवै मन पराएको देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…