जनकपुर अञ्चल अस्पताल प्रमुखमा यादवपछि 'यादव'
तहगत हिसाबले दशौं तहमा डा.नागेश्वर यादव, डा.रामनरशे पण्डित, डा.कलुदिप पण्डित र डा.सिद्धीदात्री झा छन ।

२०७५ मंसिर १ शनिबार, बिहान ९:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुर अञ्चल अस्पतालका प्रमुख एवम् मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा.रामपरीक्षण यादवको रिटायरमेन्टपछि डा. नागेन्द्र यादव (एनपी यादव) आउने भएको छ ।
यही मंसिर २ गतेबाट रिटायर (अवकास) हुन लागेका डा. राम परीक्षण यादवपछि अस्पतालको प्रमुखमा डा.नागेन्द्र यादव हुने लगभग निश्चित नै भएको छ । अस्पताल विकास समितिका अध्यक्ष समेत रहि सकेका डा.नागेश्वर यादव लामो समयदेखि अञ्चल अस्पतालमा कार्यरत्त छन् ।
जनकपुर अञ्चल अस्पतालमा तहगत हिसाबले दशौं तहमा डा.नागेश्वर यादव, डा.रामनरशे पण्डित, डा.कलुदिप पण्डित र डा.सिद्धीदात्री झा छन । यी चारजनाबीच प्रमुखको लागि प्रत्यासी देखिएपनि नेपाल सरकारका वर्तमान स्वास्थ्यमन्त्री उपेन्द्र यादवले नागेश्वर यादवलाई नै प्रमुख बनाउने तरखरमा रहेको बुझिएको छ ।
शुक्रबार प्रसुति गृहको शिलान्यास गर्न जनकपुर अञ्चल अस्पताल पुगेका मन्त्री यादवसँग डा. नागेश्वर यादवलाई अस्पताल प्रमुख बनाउने पक्कापक्की गरेको गोप्य स्रोतको जानकारी छ ।
अञ्चल अस्पतालमा संघिय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अस्पतालको प्रमुख नियुक्त गर्ने प्रावधान रहेको छ । अहिले संघीय स्वास्थ्य तथा जनसँख्या मन्त्री उपेन्द्र यादव रहेका छन् ।
डा. रामपरीक्षण यादवको कार्यकालमा कैयौँ अवैद्यानिक नियुक्ती देखि लिएर विभिन्न कर्मकाण्ड अञ्चल अस्पतालमा हुँदै आएको छ । डा. नागेश्वर यादव अस्पताल विकास समितिको अध्यक्ष रहेका बेला पनि विभिन्न प्रकरण र सुधारको अवस्था नदेखिएपछि प्रमुखमा पनि उनकै चर्चा आएपछि पुनः अस्पतालको हालातमा दयनीयता छाउने आम सर्वसाधारणहरुको बुझाई छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…