मोसा दुर्घटनामा युवकको मृत्यू
न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीमा सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ । महोत्तरीको जलेश्वर बखरी सडक खण्डमा मोटरसाईक अनियन्त्रित भई भएको दुर्घटनामा एक जनाको मृत्यु भएको हो । जलेश्वरबाट बखरी तर्फ जाँदै गरेको तिब्र गतिको अन्टेस्ट मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा युवकको मृत्यु भएको जिल्ला

२०७५ मंसिर १ शनिबार, बिहान ९:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीमा सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।
महोत्तरीको जलेश्वर बखरी सडक खण्डमा मोटरसाईक अनियन्त्रित भई भएको दुर्घटनामा एक जनाको मृत्यु भएको हो । जलेश्वरबाट बखरी तर्फ जाँदै गरेको तिब्र गतिको अन्टेस्ट मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकाको पछाडी सवार एकडांरा गाउँपालिका वडा नं. ३ अजमरपट्टी बस्ने २४ वर्षीय अजय मण्डल गम्भीर घाइते भई उपचारका लागि जलेश्वर अस्पताल ल्याइएको थियो । तर जलेश्वरमा उपचार सम्भव नभएपछि थप उपचारको क्रममा जनकपुर अञ्चल अस्पतालमा मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक ईश्वर कार्कीले जनाए ।
यता मोटरसाइकल चालक संजु अधिकारीलाई पक्राउ गरी आवश्यक अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…