जनकपुरलाई स्वास्थ्य सेवाको केन्द्र बनाउँछौ : यादव
अमेरिका सरकारले एक अर्व रुपैया अनुदान उपलब्ध गराएको स्रोतले जनाएको छ ।

२०७५ कार्तिक ३० शुक्रबार, बेलुकी ५:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले जनकपुरधामलाई स्वास्थ्य सेवाको केन्द्र बनाउने बताएका छन् ।
अमेरिकी सरकारको सहयोगमा जनकपुर अंचल अस्पताल परिसरमा निर्माण हुन लागेको प्रसुती गृहको शिलान्यास गर्दै उपप्रधानमन्त्री यादवले सो कुरा बताएका छन् । जनकपुर अञ्चल अस्पताललाई स्तरोन्नति गर्नुका साथै विभिन्न विशेषज्ञ सेवा संचालनको प्रयास समेत भईरहेको उल्लेख गर्दै उनले प्रादेशिक स्तरको आयुर्वेद अस्पताल समेत जनकपुरमै निर्माण गर्न लागिएको जानकारी गराए ।
जनकपुरको सर सरफाईमा सुधार ल्याउन जनकपुरवासी संग आग्रह गर्दै उपप्रम यादवले भने , तपाईहरु सरसफाईमा ध्यान दिनुस अन्य विकासको जिम्मा हाम्रो हो ।८ करोडको लगानीमा निर्माण हुन लागेको एक सय सैयाको प्रसुति गृहमा उच्च स्तरको सेवा प्रदान गरिने अस्पतालका मेसु रामपरिक्षण यादवले बताए ।
भवन सहित अन्य उपकरण र सुविधाको लागि अमेरिका सरकारले एक अर्व रुपैया अनुदान उपलब्ध गराएको स्रोतले जनाएको छ ।
शिलान्यास कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनल, समाजिक विकास मन्त्री नवलकिशोर साह, कृषि राज्यमन्त्री योगेन्द्र राय यादव सहितको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…