सर्लाहीमा १ बटुवा मृत अवस्थामा भेटिए
मृत्युको कारण भने खुल्न सकेको छैन ।

२०७५ कार्तिक २३ शुक्रबार, दिउँसो २:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीमा मागेर हिड्ने मगन्ते बटुवा मृत अवस्थामा फेला परेका छन् । सर्लाहीको मलंगवा बजारमा शुक्रबार बिहान उनी मृत अवस्थामा फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले दिएको जानकारी अनुसार अन्दाजी ४५ वर्षिय मगन्ते भारतीय मूलको नागरिक रहेको छ । उनी केही दिनदेखि मलंगवा बजारमा बंगाली भाषा बोलेर माग्दै हिडेको स्थानीयले जनाएका छन् ।
उनको मृत्युको कारण भने खुल्न सकेको छैन । शव पोष्टमार्टम गरेर सदगद गर्नका लागि नगरपालिकालाई जिम्मा लगाउने प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…