धनुषामा युवकको रहस्मयी मृत्यू !
मृत्यूको यथार्थ कारण पत्ता लाग्न सकेको छैन भने जिल्ला प्रहरी कार्यालय धनुषाले लागुऔषध सेवन गरेको कारण हुन सक्ने अनुमान |

२०७५ कार्तिक २२ बिहीबार, बेलुकी ५:३६ बजे१ मिनेट पढाइ

अभिनय कुमार मिश्रा । धनुषामा एक युवकको अत्यधिक लागुऔषध सेवनको कारण मृत्यू भएको छ । सो जानकारी जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको छ ।
धनुषाको धनौजी गाउँपालिका वडा नं. १ स्थित रहेको मस्जिद नजिकै नाम ठेगाना खुल्न नसकेको अन्दाजी बर्ष ३२ को एक युवक बेहोस अवस्थामा फेला परेको थियो । स्थानीवासीहरुले मर्निंग वाकमा निस्केको बेला लखौरी र खरियानीको बीचमा ती युवक नयाँ बनेको सडकको खाल्डोमा बेहोस अवस्था लडेको देखेपछि प्रहरीलाई खवर गरेको थियो ।
खवर पाएलगत्तै ईलाका प्रहरी कार्यालय औरही र प्रहरी चौकी भररियाको सँयुक्त टोली पुगेर उनलाई जनकपुर अञ्चल अस्पताल पुरयाएको ईलाका प्रहरी कार्यालय औरहीका सहायक प्रहरी नीरिक्षक (सई) हरिनाथ साहले जानकारी दिए ।
जनकपुर अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारको लागि रेफर गरेकोमा विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यू भएको एक स्थानीयले बताए ।
मृत्यूको यथार्थ कारण पत्ता लाग्न सकेको छैन भने जिल्ला प्रहरी कार्यालय धनुषाले लागुऔषध सेवन गरेको कारण हुन सक्ने अनुमान गरिएको छ । यसबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…