धनुषामा विना हातखुट्टाको बच्चा जन्मिएपछि...
हातखुट्टा नै नभएपनि दैनिक जीवनको लागि अनुकूल नहुने भएपछि झन तनाव झै भएको छ ।

२०७५ कार्तिक २२ बिहीबार, बिहान ९:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा विना हातखुट्टाकै बच्चा जन्मिएपछि हेर्नेको भीड लागेको छ ।
धनुषाको जनकनन्दनी गाउँपालिका वडा नं. ४ खजुरी चन्हाको चन्हा टोलमा स्थानीय राम सेवक पासवानको छोरा सँतोष पासवानकी छोरी (जन्मजात शिशु) विना हातखुट्टाकै जन्मिएपछि सिँगो परिवार नै विच्चली भएको छ ।
बच्चा लक्ष्मीपूजाकै दिन राती करिब १२ बजेको समयमा जन्मीयो । बच्चा जन्म लिएपछि परिवारमा रुदन छायो । घरमा लक्ष्मीको आगमन त भयो तर विना हातखुट्टाको असाधारण बच्चा देखेपछि मनै थाम्न सकिएन् । बुवा सँतोष पासवानले बताए ।
सँतोषको यसअघि छोरा जन्मेका थियो जो अहिले पनि स्वस्थ्य र साधारण छ । जन्मिएको नवजात शिशुको समय पनि पुरा भएको थियो । तैपनि यस्तो असधारण शिशु जन्मीएपछि परिवारमा विच्चली भएको छ ।
हातखुट्टा नै नभएपनि दैनिक जीवनको लागि अनुकूल नहुने भएपछि झन तनाव झै भएको छ । बच्चाको अवस्था पनि अस्वस्थ रहेको परिवारिक श्रोतले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…