धनुषामा भोकले लियो ज्यान
दासको विहेको ६ वर्ष भएको थियो । उनको एउटा छोरा ५ बर्ष का रहेका छन् |

२०७५ कार्तिक २१ बुधबार, दिउँसो २:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा भोकका कारण एक जनाले आफैलाई मारेका छन् ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ५ नौयसविघा उत्तरबारी टोल बस्ने महाविर दासको अन्दाजी २८ बर्षिय छोरा अशेष दास घरमा एक मुठी पनि चामल नभएको कारण झुण्डिएर ज्यान दिएका छन् ।
दासकी श्रीमति विन्दा देवी दासले बुधबार विहान घरमा एक मुठी पनि चामल नभएको र त्यसै निहुँमा ताकेता गर्दा आफ्नै घरमा भुण्डिएर ज्यान दिएको बताइएको छ ।
विन्दासँग विगत ३ ४ दिनदेखि आपसी विवाद हुँदै आएको र घरमा समेत खाने कुरा नभएको भन्दै चामल ल्याउनको लागि अशेषलाई दबाब दिएको छिमेकीहरुले बताएका छन् । गएराती उनले केही टुक्रा रोटी खाएर सुतेका थिए ।
विन्दासँग चालमकै निहुँमा झगडा हुँदा अशेषले विन्दालाई कुटपिट गरेको र छिमेकीहरुले झगडा शान्त पारेपछि घरमा गएर पासो लगाएको बताइएको छ ।
केही महिना अगाडी मात्र वैदेशिक रोजगारमा बस्दा उनको आमाको समेत देहान्त हुँदा काम किरियाको लागि घर आएका थिए भने केही दिन अघि फेरी पनि विदेश गएर घर फर्केका अशेषको घरमा खानाको लागि केही नहुँदा घटना भएको छिमेकीहरु बताउँछन् ।
दासको विहेको ६ वर्ष भएको थियो । उनको एउटा छोरा ५ बर्ष का रहेका छन् भने शहिदनगर नगरपालिका ८ बिसरभोरा मामा घरमा बस्दै आईरहेको छ ।
अशेषले विदेशमा कमाएको पैसा आफ्नी श्रीमतिको नाममा पठाउँदै आएको र श्रीमतिले रकम बचाउन नसकेपछि यस्तो घटना निम्त्याएको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…