लहान नापी कार्यालयका सर्वेक्षक २ लाख घुससहित रंगेहात अख्तियारको फन्दामा !
सेवाग्राहीको सहयोगमा उनलाई रंगेहात नियन्त्रणमा लिईएको हो ।

२०७५ कार्तिक १३ मंगलबार, दिउँसो ३:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । लहान नापी कार्यालयका सर्वेक्षक देवनारायण चौधरी दुई लाख घुससहित रंगेहात पक्राउ परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले मगंलबार चौधरीलाई सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा कार्यालयबाटै पक्राउ परेको हो ।
एक सेवाग्राहीको श्रेस्तामा १ बिघा ३ कठ्ठा जग्गा हुनुपर्ने कर्मचारीको लापरवाहीले १ कठ्ठा ३ धुर लेखिएको थियो । त्यही श्रेस्ता सच्चयाउन सर्वेक्षक चौधरीले सेवाग्राहीसँग पाँच लाख घुस मागेको बुझिएको छ ।
सेवाग्राहीको सहयोगमा उनलाई रंगेहात नियन्त्रणमा लिईएको हो । एक वर्षदेखि उक्त रकमका लागि सेवाग्राहीसँग चौधरीले बार्गेनिङ्ग गर्दै आएको अख्तियार टोली प्रमुख प्रहरी नायब उपरीक्षक प्रेम सागर केसीले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…