मधेश आन्दोलनका दुई घाइतेलाई मुख्यमन्त्रीको सहयोग
प्रदेश सरकारले अहिले सम्म १३ जना घाइतेलाई चेकहस्तान्तरण गरि सकेका छन ।

२०७५ कार्तिक १२ सोमबार, बेलुकी ६:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउत गद्दिले तेस्रो मधेश आन्दोलनका दुई गम्भीर घाइतेहरुलाई सोमबार (आज) आर्थिक सहयोग उपलब्ध गराएका छन् ।
मधेश आन्दोलनका घाइतेहरुलाई आर्थिक सहयोग उपलब्ध गराउने प्रदेश सरकारको निर्णय अनुरुप मुख्यमन्त्री राउतले दुबै घाइतेलाई चेक हस्तान्तरण गरेका हुन् । मुख्यमन्त्री कार्यालय मधेश भवनमा आयोजित चेकहस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री राउतले मधेश आन्दोलनका घाइते महोत्तरीका शंकर पासवानलाई २ लाख तथा रौतहटका रणविर कुमार सिंह राजपुतलाई १ लाखको चेक हस्तान्तरण गरेका हुन् ।
प्रदेश सरकारले अहिले सम्म १३ जना घाइतेलाई चेकहस्तान्तरण गरि सकेका छन । प्रदेश सरकारले मधेश आन्दोलनका घाइतेहरुलाई अवस्था हेरी ५० हजार देखी ३ लाख सम्म उपलब्ध गराउने निर्णय गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…