कार्तिक पूर्णिमाको लागि धनुषाको ईनरुवामा वृहत सरसफाई
शंकर यादव, धनुषा । पूर्वी दक्षिणी धनुषाको ईनरुवामा शनिबार वृहत सरसफाई गरिएको छ । धनुषाको जनकनन्दिनी गाउँपालिका धनुषाको वडा नं. १ ईनर्वाको बजार क्षेत्रको विभिन्न भागहरुमा सरसफाइ गरिएको छ ।हिन्दुधर्मावलम्बीहरुको महान पर्व दिपावली तथा छठ पर्वलाई मध्यनजर गदै नेपाल विद्यार्थी संघ र नेपाल पोलिटेक्निकल कले

२०७५ कार्तिक १० शनिबार, राति ८:५८ बजे१ मिनेट पढाइ

शंकर यादव, धनुषा । पूर्वी दक्षिणी धनुषाको ईनरुवामा शनिबार वृहत सरसफाई गरिएको छ ।
धनुषाको जनकनन्दिनी गाउँपालिका धनुषाको वडा नं. १ ईनर्वाको बजार क्षेत्रको विभिन्न भागहरुमा सरसफाइ गरिएको छ ।हिन्दुधर्मावलम्बीहरुको महान पर्व दिपावली तथा छठ पर्वलाई मध्यनजर गदै नेपाल विद्यार्थी संघ र नेपाल पोलिटेक्निकल कलेज भरतपुर चितवनको सहयोगमा सरसफाई गरिएको हो ।
सरसफार्इ कार्यक्रमका सँयोजक ईन्द्रजीत गोइतको अगुवाईमा गरिएको उक्त सरसफाइ कार्यक्रममा धनुषा प्रदेश सभा २ (क) काङ्ग्रेस प्रदेश सभाका प्रत्यासी उमेदवार राजेश्वर गोइत (राजा) सरसफाइ अभियन्ता धिरेन्द्र कुमार , वडा सह सचीव सुरेश मरिक, प्र.अ. भोला यादव लगायत स्थानीय बासि , बुद्धिजिवी , व्यपारी, किसान, विद्यार्थी , नेपाल प्रहरी ईनर्वाका प्रहरी जवानहरुको सक्रिय सहभागीता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…