समाज कल्याण परिषदद्धारा खेलकूद समाग्री
न्यूज ब्यूरो, धनुषा । समाजिक क्षेत्रमा योग्दान दिँदै आएको समाजिक सँस्था समाज कल्याण परिषद्ले धनुषाको एक समुदायिक विद्यालयमा खेलकूद समाग्री वितरण गरेको छ । समाज कल्याण परिषद्ले शुक्रबार एक कार्यक्रमबीच धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ९ भिमान मुलाबारी स्थित प्राविधिक तथा व्यवासायिक विद्यालयमा खेलकू

२०७५ कार्तिक १० शनिबार, दिउँसो १:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । समाजिक क्षेत्रमा योग्दान दिँदै आएको समाजिक सँस्था समाज कल्याण परिषद्ले धनुषाको एक समुदायिक विद्यालयमा खेलकूद समाग्री वितरण गरेको छ ।
समाज कल्याण परिषद्ले शुक्रबार एक कार्यक्रमबीच धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ९ भिमान मुलाबारी स्थित प्राविधिक तथा व्यवासायिक विद्यालयमा खेलकूदको समाग्री प्रदान गरेका हुन् । लाइफ नेपालको सहयोगमा समाज कल्याण परिसषद्का उपाध्यक्ष निलमनी बरालले उक्त समाग्री विद्यालयमा गठित बालक्लबका अध्यक्ष लक्षमन बिक मार्फत हस्तान्तरण गरेका हुन् ।
एक कार्यक्रमबीच विद्यालयका प्रधानध्यापक प्रदिप सिंहले विद्यालयको गतिविधि तथा भौतिक पूर्वाधारको बारेमा सहयोग गराईदिन समेत आग्रह गरेका थिए । प्रधानाध्यापकको जिज्ञासा उपर बोल्दै उपाध्यक्ष बरालले सँस्थाबाट सक्दो सहयोगको आश्वासन दिए ।
खेलकूद समाग्री हस्तान्तरण गरेपछि विद्यार्थीहरु खुसी व्यक्त गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…