क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघमा 'यादव' प्यानल विजयी
जम्मा ३ सय ७७ सदस्य रहेको यस संघको मतदानमा ३ सय ६८ मतदान भएको

२०७५ कार्तिक १० शनिबार, बिहान ९:३३ बजे१ मिनेट पढाइ

विनय कु. यादव, धनुषा । क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघ महेन्द्रनगर धनुषामा सुरेश यादवको पुरै प्यानल नै विजयी भएको छ ।
शुक्रबार विहानैदेखि भएको मतदानबाट राती भएको मतगणनाले काँग्रेस पक्षधर अध्यक्षका उम्मेदवार सुरेश यादव आफ्नो पुरै प्यानल सहित विजयी भएको हो ।
जम्मा खसेको ३ सय ६८ मतमध्ये अध्यक्षको लागि यादवले २ सय २१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा पक्षधर राजकुमार महासेठले १ सय ४० मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
यस्तै, उपाध्यक्षमा बिनय कुमार साह १ सय ८९ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी उपाध्यक्षमा ललित साह १ सय ७२ मत प्राप्त गरी पराजय भएका हुन् । महासचिवमा दिपक साह १९७ उनको निकटतम प्रतिद्वन्द्वी सुनिल साह १५८, सचिवमा अजय कुमार महतो १८५ उनको निकटतम प्रतिद्वन्द्वी जंगीलाल महतो १७१ र कोषाध्यक्षमा विरेन्द्र प्रसाद साह सुडी २०४ उनको निकटतम प्रतिद्वन्द्वी बिजय कुमार साह १४७ मत प्राप्त गर्न सफल भएका थिए ।
त्यसैगरी सदस्यहरुमा महासेठ समूहबाट तीन जना राज नारायण प्रसाद साह (राजु गुप्ता) १८६, संजय कुमार साह १८४ र बसन्त कुमार ठाकुर १८८ ल्याई विजयी हासिल गरेका छन् भने यादव समूहबाट शशी जयसवाल १९३, राम चन्द्र महतो १८५, र महिला सदस्य कुमारी देवी साह १८७ मत प्राप्त गरि विजयी हासिल गर्न सफल भएको छ ।
शुक्रवार अपरान्ह सम्पन्न मतदानमा ९७ प्रतिशत मत खसेको थियो । जम्मा ३ सय ७७ सदस्य रहेको यस संघको मतदानमा ३ सय ६८ मतदान भएको निर्वाचन अधिकृत कमल पण्डितले जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…