डा. सिके राउतका २८ सै कार्यकर्ता रिहा
उनीहरु रिहा भए लगत्तै डा. सिके राउत जिन्दावाद, मधेस देश स्वतन्त्र हो, आजादी चाहियो लगायतका नारा जुलुस लगाएको थियो ।

२०७५ कार्तिक ९ शुक्रबार, राति ८:२३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । गत असोज २१ गते विरगँज र रौतहटबाट पक्राउ परेको डा. सिके राउतका २८ सै जना कार्यकर्ता शुक्रबार साँझ रिहा गरिएको छ ।
डा. सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनका कार्यकर्ताहरु सिके राउत पेशी लिन रौतहट जिल्ला अदालतमा उपस्थि हुन गएका बेला उनीहरुलाई अदालत परिसरबाटै पक्राउ गरीएको थियो । त्यसै केहीलाई उच्च अदालत विरगँजको परिसरबाट पक्राउ गरी प्रहरी हिरासतमा राखिएको थियो ।
सिके राउतका कार्यकर्तालाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो भने गठबन्धनले विना कारण उनीहरुलाई पक्राउ गरिएको भन्दै रिहाईको लागि मानवअधिकारर्मी, सँचारकर्मी र सरोकारबालाहरुसँग रिहाईको लागि आग्रह गर्दै आएको थियो ।
रिहा हुनेहरुमा,
१ दीपेन्द्र यादब -सिराहा
२ अरबिन्द साहनी -सिराहा
३ अरुण साहनी -सिराहा
४ रामशंकर यादब -सिराहा
५ सुरेश प्रसाद यादब -सिराहा
६ सतिला यादब -सिराहा
७ एल के दास् -सिराहा
८ नबनित कुमार मण्डल -धानुषा
९ शम्भू मण्डल -धनुषा
१० धीरज मण्डल -धनुषा
११ सुधीर महतो - धनुषा
१२ दीपनारायण यादब - धनुषा
१३ किलेश मण्डल-धनुषा

१४ प्रदीप मण्डल- धनुषा
१५ सुनैना महतो - महोत्तरी
१६ सुनीता महतो - महोत्तरी
१७ फूलो महतो - महोत्तरी
१८ राम जीवन त्यागी -महोतरि
१९ गणेश प्रसाद यादब - बारां
२० प्रदीप कुश्वाहां - बारां
२१ बीर बहादुर कुशवाहा - बारां
२२ बिनोद प्रसाद यादब -बारां
२३ ओमेन्द्र प्रसाद यादब -बारां
२४ अमर कुमार साह –बारां}
२५ राज नंदन यादब - बारां
२६ अनिरुद्ध धोबी - पर्सा
२७ भूलन प्रसाद साह -पर्सा
२८ मंगल साह-बारां
उच्च अदालत विरगँजले उनीहरुलाई छोटो अवधीको अनुसन्धानपछि रिहा गर्न सम्झौता गरेपनि पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले उनीहरुलाई अनुसन्धानको नाममा समय लम्बाएर हिरासतमा राखेको आरोप गठबन्धनको थियो ।
उनीहरु रिहा भए लगत्तै 'डा. सिके राउत जिन्दावाद, फ्रि मधेस, मधेस देश स्वतन्त्र हो, आजादी चाहियो' लगायतका नारा जुलुस लगाएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…