डा. सिके राउतका २८ कार्यकर्ता हिरासत भित्रै आमरण अनसनमा
सिडिओ र एसपीले अनुसन्धानको नाममा थुनुवा अवधि लम्ब्याएको आरोप

२०७५ कार्तिक ९ शुक्रबार, दिउँसो १२:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । डा. सिके राउतका २८ जना कार्यकर्ता प्रहरी हिरासतभित्रै आमरण अनसनमा बसेका छन् ।
गत असोज २१ गते विरगँज र रौतहटबाट पक्राउ गरिएका स्वतन्त्र मधेस गठबन्धनका ४ जना महिला कार्यकर्ता सहित २८ जना कार्यकर्ता प्रहरी हिरासतमै आमरण अनसन बसेको पार्टीका प्रवक्ता अब्दुल खानले एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराएका छन् ।
"बल प्रयोग गरी झुठा बयानमा हस्ताक्षर गराउन खोज्ने, झुठो अनुसन्धानको नाममा पटक पटक म्याद थप्ने काम गरेको साथै झुठा मुद्दामा स्वराजीहरुलाई फँसाउने लगायत धम्की समेत दिरहेकोले पर्सा जिल्लाका एसपी र सिडिओ विरुद्ध अनसन बसेका हुन् ।" प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
गत असोज २१ गते रौतहट जिल्ला अदालत परिसरबाट पक्राउ गरिएको थियो भने असोज २८ गते विरगँजमा समेत शान्तीपूर्ण प्रदर्शनको क्रममा उनीहरुलाई पक्राउ गरी प्रहरी हिरासत भित्र राखिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उच्च अदालत विरगँजले छोटो अवधिमै अनुसन्धान गरी राउत सहित उनीहरुलाई रिहा गर्न सहमति गरेपनि जिल्लाका सिडिओ र एसपीले अनुसन्धानको नाममा थुनुवा अवधि लम्ब्याएको आरोप लगाइएको छ ।
आमरण अनसनमा बसेका नेता तथा कार्यकर्ताहरुको जीवन रक्षाको लागि मावन अधिकार, सँचारकर्मी, अधिकारकर्मीहरुसँग आग्रह विज्ञप्ति मार्फत गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…