क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघमा महासेठ र यादवबीच टक्कर
कार्तिक ९ गते विहान ८ वजे देखि बेलुकी ३ बजे सम्म चुनाव गराउने

२०७५ कार्तिक ६ मंगलबार, बिहान ९:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघ महेन्द्रनगरमा हुन लागेको निर्वाचनमा ११ पदको लागि २२ जनाको उम्मेदवारी परेको छ ।
संघले सोमबार प्रकाशित सार्वजनिक गरेको नामाबली अनुसार ११ पदको लागि २२ जनाले उम्मेदवारी दिने भएको छ । संघको गत असोज २२ गते सम्पन्न साधारणसभा पछि सुरु भएको बन्द सत्रबाट सर्वसम्मत हुन नसकेपछि निर्वाचन प्रक्रियाबाट पदाधिकारी छनौट गरिने भएको छ ।
कार्तिक ९ गतेको लागि निर्वाचन तोकिएको छ । निर्वाचनको लागि सोमबार २२ जनाले उम्मेदवारी दर्ता गराएका छन । पदपुर्ती गर्न ११ पदको लागि २२ जनाले उम्मेदवारी दिएका छन ।
क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरस्थित संघको आफनै कार्यालयमा सोमबार अध्यक्ष पदको लागि राज कुमार महासेठ र सुरेश प्रसाद यादवले उम्मेदवारी दिएका छन ।
त्यस्तै उपाध्यक्ष ललित साह र विनय कुमार साह, महासचिवमा सुनिल कुमार साह र दिपक प्रसाद साह, सचिव जगिलाल महतो र अजय कुमार महतो, कोषाध्यक्षमा विजय कुमार साह र विरेन्द्र प्रसाद साह सुडी उम्मेदवारी दिएका छन ।
त्यस्तै सदस्यमा ६ सिटको लागी २ जना महिला सहित १२ जना उम्मेदवारी दिएका छन । त्यस्तै उम्मेदवारहरुको प्रचार प्रसारको लागि कार्तिक ६ गते देखि ८ गते सम्म समय दिएका छन भने कार्तिक ९ गते विहान ८ वजे देखि बेलुकी ३ बजे सम्म चुनाव गराउने निर्वाचन समितिले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…