धनुषामा ट्रयाक्टरले स्कुटि ठोक्दा एक युवक ठहरै !
पोष्टमार्टमपछि शव परिवारजनलाई जिम्मा लगाउने जनाइएको छ ।

२०७५ कार्तिक ५ सोमबार, बिहान १०:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा ट्रयाक्टरले स्कुटिलाई ठक्कर दिँदा एक युवकको घटनास्थलमै ज्यान गएको छ ।
जनकपुरधाम- महेन्द्रनगर सडकखण्ड अन्तर्गत जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ मुजेलिया स्थित भएको उक्त दुर्घटनामा एक युवकको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मृत्यू हुनेमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. १० देवीचोक बस्ने बिश्वनाथ नायकको बर्ष ३० का छोरा संदिप नायक रहेको छ । महेन्द्रनगरबाट जनकपुरधाम तर्फ आउदै गरेको ज २ त ११३ नम्बरको ट्राक्टरले मुजेलिया र पीडारीचोकको बीचमा रहेको हिरो होण्डा शोरुमको अगाडि जनकपुरधामबाट जाँदै गरेको ज. ९ प . ६१३३ नम्बरको स्कुटिलाइ ठक्कर दिएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ ।
यस्तै, स्कुटिमा पछाडी सवार जनकपुरधाम उपमहानगरपालिका वडा नं. १० देवीचोक बस्ने बर्ष २५ का राकेश साह गम्भीर घाइते भएका छन । राकेशलाई हात भाँचिएको र उनको उपचार जनकपुर अञ्चल अस्पतालमा भईरहेको वडा प्रहरी कार्यालय मुजेलियाले जनाएको छ ।
मृतक नायकको शव पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पताल ल्याइएको छ भने पोष्टमार्टमपछि शव परिवारजनलाई जिम्मा लगाउने जनाइएको छ । यता, ट्रयाक्टर चालक भने फरार रहेको र उनको खोजी भईरहेको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…