वडाध्यक्षको दादागिरीले १२ सय विद्यार्थी स्कुल बाहिर, स्थानीय आन्दोलित
नगरपालिका कार्यालय घेराउ गरेपछि मेयर बाहिर निस्केको

२०७५ कार्तिक ४ आइतबार, बेलुकी ५:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । स्थानीय तह गठन भएलगत्तै केही जनप्रतिनीधिहरुको पूर्व प्रतिशोध वा बदलाको भावनाका कारण आम सर्वसाधारणलाई सास्ती भएको छ ।
यसैक्रममा, जनकपुर उपमहानगरपालिका वडा नं. २१ कुर्थाका वडाध्यक्षको दादागिरीका कारण करिब १२ सय बालबालिकाहरु विद्यालय बाहिर भएका छन् । स्थानीय तहको निर्वाचनपछि नै कार्यलय व्यवस्थापनको नाममा वडाध्यक्षले चालेको कदमको कारण बालबालिकाहरुको भविष्य अन्यौल भएको छ ।
वडाध्यक्ष रामेश्वर महासेठले व्यक्तिगत रिसवी र राजनीतिक पूर्वाग्रहका कारण रातारात स्कूलमा डोजर चलाउँदा १२ सय विद्यार्थीको भविष्य अन्यौल नै भएको छ । विद्यालयमै डोजर चलाएपछि बालबालिकाहरुको लागि बस्न चाहिने सुविधा विलय हुँदा उनीहरुको भविष्य अन्यौलय भएको स्थानीय शम्भु निर्दोषीले बताए ।
वडास्थितको सार्वजनिक जग्ग अतिक्रमण गरी विद्यालय भत्काउने तथा स्थानीयलाई विकासको नाममै विनाकारण राजनीतिक पूर्वाग्रहका कारण दुःख दिइरहेको आरोप निर्दोषीले लगाए ।
जनकपुरधामका मेयर लालकिशोर साह र वडाध्यक्षले राजनीतिक पूर्वाग्राहीका कारण नै विद्यालय जस्तो भवनलाई रातारात प्रशासन लगाएर भत्काएको आरोप लगाउँदै स्थानीयवासीहरुले भत्काईएको विद्यालयको भौतिका पूर्वाधार अविलम्ब निर्माण गर्नुपर्ने, दोषीलाई कारवाही गर्नुपर्ने माग राख्दै जनकपुरमा चर्को नारावाजी सहित जुलुस प्रदर्शन गरेको छ ।
वडाध्यक्ष र मेयर साहको विरोधमा सयौँ स्थानीयवासी, स्थानीय युवा क्वलले नारावाजी गर्दै नगरपालिका कार्यालय घेराउ गरेपछि मेयर बाहिर निस्केको प्रर्दशनकारी शम्भु निर्दोषीले बताए ।
जिल्ला अदालत धनुषाले समेत विद्यालय भौतिक पूर्वाधार भत्काएर वडाकार्यालय निर्माण नगर्न रोक्का आदेश दिएपनि वडाध्यक्ष महासेठले नजरअन्दाज गर्दै विद्यालय लाई भत्कार वडाकार्यालय निर्माण बीच सडकमै गरेको आरोप छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…