'जनकपुर- अयोध्या' बस सँचालनको लागि साईकल यात्रा
युपीका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटेर जनकपुर अयोध्या बस सेवा तत्काल सुचारु गर्न आग्रह गर्ने

२०७५ कार्तिक ३ शनिबार, बिहान ११:३६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । गत बैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सँयुक्त रुपमा सँचालन गरेको 'जनकपुर-अयोध्या' बस सेवा पुनः सँचालनको लागि साईकल यात्रा शुभारम्भ गरिएको छ ।
संयुक्त रुपमा हरियो झण्डा देखाएर संचालन गरेको जनकपुर अयोध्या बस साता नवित्दै कागजी प्रकृया मिलाउन भनि बन्द गरिएकोमा उक्त बस सेवा अझै पुनः सुचारु हुन नसकेकोमा नेपाल र भारतविचको उक्त बस सेवा पुनः संचालन गरि दुई देशको मित्रता अझै प्रभावशाली बनाउन र मित्रतालाई अझै प्रगाढ बनाउन एक नेपाली युवा अयोध्याको साईकल यात्रामा निस्केका छन ।
जनकपुर उपमहानगरपालिका वडा नं. ४ का रन्जित कुमार साहले दुई देशको सम्बन्धमा अझै सुमधुरता ल्याउन साईकल यात्रामा निस्केका हुन । साईकल यात्री साहलाई शुक्रवार राजपाका केन्द्रिय अध्यक्ष महन्थ ठाकुर,प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा,जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह,जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र तथा अन्य विभिन्न विशिष्ट व्यक्तिहरु तथा शसस्त्र प्रहरी तथा शसस्त्र प्रहरी राजश्व गुल्मले समेत विदाई गरेका छन । साथै भारतिय एसएसवीले भिठामोडमा उनको स्वागत गरेका थिए ।
अयोध्या यात्राको आफ्नो अर्को अभिष्ट र आकांक्षा भनेको भगवान राम जस्तै अभिभावकको सेवा वर्तमान समयमा पनि सन्तान होस भन्ने हो । अयोध्या पुगेर वृद्धाआश्रममा आमा वुवा फाल्नेहरुको सदवुद्धि आओस भनेर आफुले त्यहा प्रार्थना गर्ने यात्री साहको भनाई छ ।
साईकल यात्रीसाहले युपीका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटेर जनकपुर अयोध्या बस सेवा तत्काल सुचारु गर्न आग्रह गर्ने बताउनु भयो । उहा यस अघि जनकपुर देखि हलेसी,जनकपुर देखि मुक्तिनाथ र पशुपतिनाथको साईकलले नै यात्रा गरिसकेका छन ।
यो उनको चौथो साईकल यात्रा हो । उनी साधारण साईकलले नै सवै यात्रा पुरा गरेका छन । शुक्रवार यात्रामा निस्केका साह रामायण सर्किट हुदै आगामी चार दिनमा अयोध्या पुग्ने प्रयासमा छन ।
को हुन साईकल यात्री साह :
कक्षा ७ सम्म मात्र अध्ययन गरेका साह को जनकपुर स्थित बस विसौनीमा सानो पान पसल छ । उनी परिवारको एकमात्र कमाउने व्यक्ति हुदा समेत धार्मिक विकट यात्राहरु गर्न रुची भएको र हरेक यात्रामा सवैको सहयोगमा सफलता पाईरहेका छन ।
उनको यस यात्राले समेत दुई देशको सम्बन्धमा अझै घनिष्टता आउनेमा उनी आशावादी छन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…