रावण दहन हेरिरहेका दर्शकलाई रेल कुल्चेपछि दर्जनौंको घटनास्थलमै मृत्यू !
मात्र ५ सेकेन्डमा कैयौं रेलको तल आएर काटियो भने कैयौं गम्भिर घाईते पनि भयो ।

२०७५ कार्तिक ३ शनिबार, बिहान १०:०२ बजे१ मिनेट पढाइ

अमृतसर, पँजाव । भारतको पँजाव राज्य अमृतसरमा विजया दशमीको अवसरमा रावण जलाइरहदाँ भएको रेल दुर्घटनामा परी ६० जनाको मृत्यूको खवर पुष्टि गरिएको छ ।
अमृतसरको धोवीघाट नजिकै जोडा फाटक भन्ने ठाउँ नजिकै सर्वसाधारणहरु दशमीको अवसरमा रेल्वे पटरीमै बसेर रावण वध कार्यक्रम हेरिरहकै अवस्थामा अचानक रेल आउँदा कैयौँलाई कुचलेर चपेटामा पारे ।
अमृतसरबाट दिल्लीको लागि छुटेको हावडा र जलँन्धरदेखि अमृतसरको लागि आउँदै गरेको डीएमयू रेलगाडी सर्वसाधारणको शरिर उपरबाट कुल्चदै पार गरे ।
विजया दशमीको अवसरमा रावणको पुतला दहन गरिहेको अवस्थामा सयौँ सर्वसाधारणहरु रेल्वे लिकमै उभिएर रावण दहन हेरिरहेको थियो । सयौँ महिला, बालबालिकाहरु पनि सहभागी भएको थियो उक्त कार्यक्रममा तर उनीहरुलाई यस्तो ठुलो दुर्घटनाको रतिभर पनि पत्तो थिएन । हर्षोल्लासको क्षण केही क्षणमै शोकमा बल्ने शंका पनि कसैलाई थिएन ।

केही क्षणमै जलंधरदेखि अमृतसरको लागि छुटेको डिएमयू रेलगाडी तेज गतिमा लिक भएर गुज्रेपछि दर्जनौँलाई आफनो चपेटामा पारे । रावण दहनको दृश्य हेर्दै गरेका दर्जनौं सर्वसाधारणलाई कुचल्दै रेलगाडी पार भयो ।
रेल पार भएलगत्तै त्यहाँको हर्षोल्लासको दृश्य क्षणमै शोकमा डुब्यो । मात्र ५ सेकेन्डमा कैयौं रेलको तल आएर काटियो भने कैयौं गम्भिर घाईते पनि भयो । अहिले घाईतेहरुलाई स्थानीय अस्पतालहरुमा उपचार भईरहेको छ ।
हालाकी रेल्वे प्रशासन वा स्थानीय प्रशासनले रेल्वे लिकमा उभिएर रावण दहन हेरिरहेका दर्शनार्थीहरुको लागि कुनै विकल्प भने अपनाएको थिएनन् वा चेतावनी समेत दिएको थिएनन् ।
यो घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्पति सहित अन्य राजनीतिक दलका ठुल ठुला नेताहरुले शोक जनाएका छन् । घटनाको थप विवरणहरु आउन बाँकी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…