जनकपुरमा ग्यास सिलिन्डर विफोस्ट हुँदा एक ठहरै !
पसलमै रहेका कसेराको घटनास्लथमै मृत्यू भएको प्रहरीको कथन छ ।

२०७५ कार्तिक २ शुक्रबार, बेलुकी ५:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा ग्यास विस्फोट हुँदा एक जनाको घटनास्थलमै मृत्यू भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ मा एक ग्यास वेल्डिँग पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा एक जनाको ज्यान गएको हो भने अन्य दुई जना घाईते भएको हो ।
मृत्यू हुनेमा जनकपुरधाम उपमहानगरपालिका वडा नंं. ७ बस्ने बर्ष ४७ का प्रमोद साह कसेरा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । ग्यास वेल्डिँग पसल रहेको सिलिन्डर विस्फोट भएपछि पसलमै रहेका कसेराको घटनास्लथमै मृत्यू भएको प्रहरीको कथन छ ।
मृतक कसेराको शवलाई पोष्टर्माटमको लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ ।
यस्तै, घटनामा परी भारत घर घई हाल जनकपुरधाममा रिक्सा चलाउँदै आएका बर्ष ३५ का राजु गुप्ता गम्भिर घाईते भएको हो । गुप्तालाई मुख तथा खुट्टामा गम्भिर चोट लागेको छ । जनकपुर अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई काठमान्डौँ रिफर गरिएको प्रहरीले जनाएको छ ।
सिलिन्डर विस्फोटमा परी जनकपुरधाम उपमहानगरपालिका वडा नं. २४ बस्ने बर्ष १२ का रोहन कुमार साह समेत घाईते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । रोहनको अवस्था समान्य रहेको जनाईएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…