गोलबजारमा मैथिली लोकनृत्य झिझिया झल्काइयो
न्यूज ब्यूरो, सिरहा । सिरहाको गोलबजारमा स्थानीयहरुले मैथिली लोकनृत्य झिझिया झल्काएका छन् । झिझियाँ बचाउन गोलबजारमा नवरात्राको अवसरमा विभिन्न समूहहरुको सहभागितामा झिझिया प्रतियोगिता सम्पन्न भएको हो । स्थानीय आयोजकको आयोजनामा आयोजित झिझिया प्रतियोगितामा मैथिली सँस्कृति जोगाउन त्यहाँका विभिन्न समुदायका

२०७५ कार्तिक २ शुक्रबार, दिउँसो ४:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको गोलबजारमा स्थानीयहरुले मैथिली लोकनृत्य झिझिया झल्काएका छन् । झिझियाँ बचाउन गोलबजारमा नवरात्राको अवसरमा विभिन्न समूहहरुको सहभागितामा झिझिया प्रतियोगिता सम्पन्न भएको हो ।
स्थानीय आयोजकको आयोजनामा आयोजित झिझिया प्रतियोगितामा मैथिली सँस्कृति जोगाउन त्यहाँका विभिन्न समुदायका महिलाहरुले झिझियाँ नृत्य गरेका थिए ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्तवनालाई समेत उपहार प्रदान गरी पुरस्कृत गरिएको सहकर्मी नागेश्वर रायले जानकारी दिए । गोलबजारका स्थानीय व्यापारी राय ब्रदर्श एण्ड सप्लायर्सका मालिक मुकेश राय, अमन ज्वेलर्सका मालिक आनन्द यादव र माँ धमिनि भाँडा पसलका सञ्चालक श्रीराम साहले पुरस्कारको प्रबन्ध गरेका थिए ।
“तोहरे भरोशे ब्रहम बाबा झिझियाँ बनौलियै हो” लगायतका गीतमा प्रचलित लोकनृत्य झिझियाँ हरेक दशैंमा मिथिला मधेशमा हुँदै आएको छ । टुनामुना नहुने र नवरात्राको अवसरमा त्यसको असरबाट बचाउँन झिझियाँ नृत्य प्रचलित रहेको जानकारहरु बताउँछन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…