वडाध्यक्षको समूहद्धारा एक परिवार मरनासन्न कुटिए, ९० वर्षीया वृद्धालाई समेत छोडेन
हरेरामले प्रहरीलाई घटना भएलगत्तै जानकारी गराएपनि प्रहरी समयमा नपुगेको दुखेसो पोखे ।

२०७५ कार्तिक २ शुक्रबार, दिउँसो २:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिका वडा नं. ३ का वडाध्यक्षको समूहले स्थानीय राघोपुर शिशवोनी निवासी हरेराम यादवसहित उनका घरपरिवारमाथी आक्रमण गरेको छ । विहिबार करिब साँझ ७ बजेको समयमा स्थानीय हरेराम यादवले दशैंको खसी काटेको भोज गर्दै गरेको अवस्थामा वडाध्यक्ष हरी कुसियत यादवका समूहले गालीगलौज गर्दै खुकुरी, रड, बाँसको लठीले प्रहार गरी हरेरामका घरपरिवारका सदस्यहरुमाथी गम्भीर आक्रमण गरेको हो ।

प्रहारबाट हरेराम यादवका घरपरिवारका सदस्यहरुको टाउको र पिठ्युमा चोट लागेको छ भने अधिकांशको टाउको फुटेको छ । महिला पुरुष गरी जम्मा ८ जना घाइते भएका छन् । घाईते हुने हरेराम यादव, योगेन्द्र कुसियत, गेनाई कुसियत, ९० बर्षीया सिँघेश्वरी देवी यादव, कृतलाल यादव, विन्दादेवी यादव, रिंका यादव, राजकुमारी यादवलगायतका छन् । गम्भीर घाईते उनीहरु रक्तामय भएर मिर्चैयास्थित मंगलम हस्पिटलमा उपचाररत छन् ।

भारी समूहमा आएका वडाध्यक्षपक्षले हरेराम यादवपक्षलाई मरनासन्न कुटपिट गरेको छ । हरेरामले प्रहरीलाई घटना भएलगत्तै जानकारी गराएपनि प्रहरी समयमा नपुगेको दुखेसो पोखे ।

हरेरामले विकास निर्माणका लागि पटकपटक आवाज उठाउँदै आएपछि समस्या गर्दै आएको भन्दै पटकपटक विवाद हुँदै आएको बताइएको छ । वडाध्यक्ष हरी कुसियत माओवादीबाट उम्मेदवारी दिएर निर्वाचित भएका छन् ।

यता, घटनाको सन्दर्भमा ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी दिपेन्द्र शाहले २ जना अलिक गम्भीर र अरु बाँकी सामान्य घाईते रहेको प्रतिक्रिया दिए । उनले वडाध्यक्ष हरी कुसियत रातिदेखि नै फरार रहेको र उनको खोजविन भइरहेको जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…