राजदेवीमा १ मिनेटमा औसत ४५ बोका काटिदै
यसपाली पनि १४ हजार बढी बोकाबली प्रदान हुने आयोजक समितिले जनाएको छ ।

२०७५ असोज ३१ बुधबार, राति १०:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको राजदेवी मन्दिरमा बोका बली धमाधम भइरहेको छ ।
राजा जनकी कुलदेवी मानिएकी माता राजदेवीमा प्रत्येक वर्ष दशैँको महाअष्टमीका दिन हजारौँ बोका बलि दिँदै आएको छ । बेलुका करिब पौने ८ बजेदेखि सुरु भएको बोका बलीको लागि यसपाली ५ ओटा अस्थायी ठेहा स्थापना गरिएको छ ।
प्रत्येक ठेहाको लागि ५ जनाको समूहमा स्वयँसेवक परिचालन गरिएको छ । खसीको लाईन सहित डोरी र व्यवस्थापनको लागि ५ जना जनशक्ति प्रति ठेहामा खटाइएको हो ।
सुरुमा औसत एक मिनेटमा ३० को दरले बोका बली दिइएपनि समय वित्दै जाँदा औसत बढेको महाविर युवा कमिटिले जनाएको छ । राती १० बजेपछि औसत करिब ४५ प्रतिमिनेट बोका बली गइरहेको जनाइएको छ ।
जनकपुरधामको गायत्री परिवार सहित अन्य धर्म सँघसँस्थाहरुले समेत बोकाबलीको विरोध गर्दै आएको छ । देवीदेवताको नाममा अबोध पशुपंक्षिको बलीलाई विरोध गर्दै आएको छ ।
यसपाली पनि १४ हजार बढी बोकाबली प्रदान हुने आयोजक समितिले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…