प्रहरी सुरक्षामै 'ओरकेष्ट्रा'
ओरकेष्ट्रा नाच ल्याउँदा पहिले प्रहरीलाई केही रकम दिएर मिलाउनुपर्ने त्यसपछि मात्र नचाउन पाइने गरेको !

२०७५ असोज ३१ बुधबार, बिहान ८:२२ बजे१ मिनेट पढाइ

अभिनय कुमार मिश्रा । धनुषा जिल्लामा ओरकेष्ट्रा प्रतिबन्ध भएपनि पर्वहरुको नाममा दिनदिनै ओरकेष्ट्रा नचाउने क्रम बढदो देखिएको छ । गत महिनामा मात्र गणेश पूजामा धनुषाको भरभरियामा भएको ओरकेष्ट्राको क्रममा एक जना युवकले ज्यान नै गुमाउनुपरयो ।
औरही गाउँपालिका वडा नं. २ बस्ने एक युवक ओरकेष्ट्रा हेर्न धनौजी गाउँपालिकाको भररिया पुगेको बेला स्टेजमा गरिएको उतेजक र अश्लिल नृत्यको क्रममा उच्छृङगलपनि देखाउँदा आयोजकले मरणेमसान्त गरी कुटपिट गरेको थियो । कुटपिटबाट गम्भिर घाईते भएका ती युवकले अस्पतालमै दम तोडे ।
धनुषा लगायत तराई मधेसको अन्य जिल्लाहरुमा समेत ओरकेष्ट्राकै कारण अपराधिक गतिविधिमा केही फिसदी बृद्धि भएको देखिएको छ । दशैँको बेला ग्रामिण भेकमा दुर्गा पूजाको नाममा भारतको बिहारबाट ल्याइएको महिला नर्तकी नचाउने क्रम जारी रहेको छ । यसैक्रममा धनुषाको विभिन्न ठाउँमा ग्रामिण भेकमा ओरकेष्ट्रा नाच नचाउने गरिएको छ ।
धनुषाको धनौजीमा ओरकेष्ट्रा नचाइएको छ । प्रतिबन्धित ओरकेष्ट्रा नचाउने वा नर्तकी लाई जिल्ला प्रहरी कार्यालय धनुषाले मुद्दा पनि चलाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
चोकदेखि ५० मिटरको दुरीमा मात्र रहेको शसस्त्र प्रहरी बेश क्याम्प, केही दुरीमा रहेको प्रहरी चौकीको बीचमै बेला बेलामा ओरकेष्ट्रा नचाउँदा पनि प्रहरीले निषेध नगर्दा प्रहरीकै सुरक्षामा अश्लिल गीत र नृत्य गर्दा बालबालिकाहरुमा नराम्रो प्रभाव परेको देखिएको छ ।
ओरकेष्ट्राका कारण विभिन्न ठाउँमा दुर्घटना, घटनाको समाचार नबाहिरिएको होईनन तर पनि प्रहरी मौन बस्नु प्रहरी उपर स्थानीय भद्रभलाद्मीहरुले शंका जनाउँछन् ।
ओरकेष्ट्रा नाच ल्याउँदा पहिले प्रहरीलाई केही रकम दिएर मिलाउनुपर्ने त्यसपछि मात्र नचाउन पाइने गरेको स्थानीय विनोद ठाकुरले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…