मोनाष्टिकका बाल बालिकाहरुलाई जमरा र टिका
मानसिक रुपले तन्दुरुस्त तथा ताजगी राख्न मदत पुरयाउने

२०७५ असोज २९ सोमबार, बेलुकी ५:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको मोनाष्टिक आवासीय विद्यालयमा बालबालिकाहरुलाई आज जमरा र टिका लगाइएको छ ।
विजयादशमीको अवसर पारेर विद्यालयले आयोजना गरेको जमरा टिका कार्यक्रम अन्तर्गत पिजी, नर्सरी एलकेजी, युकेजीका ५ सय बढी बालबालिकाहरुलाई जमरा र टिका लगाइएको मोनाष्टिकका प्रबन्धक निर्देशक डा. सोनु कुमार साहले जानकारी दिए ।
साहका अनुसार, बालबालिकाहरुलाई हर्षोल्लास र स्मरणीय क्षण तथा रमाईलो सहित सँस्कृतिलाई जीवन्तता दिदैँ मोनाष्टिक प्रि स्कूलकी फाउण्डर डा. सिखा नायकले ती बालबालिकाहरुलाई टिका लगाउँदै जमरा सहितको कलश समेत प्रदान गरिन् ।

उक्त कक्षाहरुमा अध्ययन गराउने ५० जना शिक्षक शिक्षिकाहरुले पालैपालो गरी ५ सय बढी छात्रछात्रा (बालबालिका) हरुलाई जमरा सहित टिका लगाएका हुन् ।
दशैँमा निधारमा टिका र कानमा जमरा लगाउने परम्परा अनुसार बालबालिकाहरुमा थप उत्साहको दृष्टिकोणले समेत उनीहरुलाई टिका र जमरा लगाइएको बताइएको छ । टिका र जमरा लगाएपछि ती बालबालिकाहरु उत्साहित र खुसी देखिएका थिए ।

प्रदेशमै निजी स्तरबाट सँचालित मोनाष्टिक स्कूल पठनपाठन बाहेक अतिरिक्त क्रियाकलापलाई समेत आत्मसात निरन्तर गर्दै आएको छ । जसको कारण विद्यार्थीहरुमा भौतिक र मानसिक रुपले तन्दुरुस्त तथा ताजगी राख्न मदत पुरयाउने गरेको प्रबन्धक निर्देशक डा. सोनु साहको कथन छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…