यी हुन मुखिया र पण्डित अँकल, जसले मनिकालाई बलात्कारपछि हत्या गरे !
अँकलले १० रुपैयाँ दिएर बलात्कार गरे र त्यसपछि हत्या !

२०७५ असोज २८ आइतबार, दिउँसो २:२१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको देउरी परवाहामा शनिबार भएको बलात्कारको घटना अभियुक्तलाई प्रहरीले आईतबार दिउँसो सार्वजनिक गरेको छ ।
धनुषाको औरही गाउँपालिका वडा नं. २ को देउरी परवाह बस्ने स्थानीय राम अशिष यादवकी १० वर्षिय बालिका मनिका यादवलाई बलत्कारपछि हत्या गरेको अभियोगमा औरही गाउँपालिका वडा नं. ३ का ३२ वर्षिय विनोद मुखिया र वडा नं. ५ का २३ वर्षिय नथुनी पण्डित कुम्हारलाई सार्वजनिक गरिएको हो ।
आईतबार दिउँसो पत्रकार सम्मेलन मार्फत जिल्ला प्रहरी कार्यालय धनुषाले दुवै अभियुक्तलाई सार्वजनिक गर्दै जिल्ला अदालत धनुषाबाट जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दा ऐन अन्तर्गत अभियोगपत्र दायर गर्ने तयारी गरेको धनुषाका प्रहरी प्रमुख एसपी गोविन्द थपलियाले जानकारी दिए ।
यसरी भयो मनिकाको बलात्कार र हत्या
गएको शुक्रवार साँझ करिब ७ बजे दुवै अभियुक्त भनिएका मुखिया र पण्डितले एक भट्टीमासँगै रक्सी खाँदै योजना बनाए । रक्सी खाएको सुरमा दुवैले मेलाबाट बालिकालाई फकाउने योजना अनुरुप उनीहरु ४–५ जना बच्चालाई फकाई फुल्याई गरे। तर कोही पनि जान मानेनन् ।
त्यसपछि मुखियाले आफ्नो घर नजिकै रहेको मनिका यादवलाई मेलामा अन्य बच्चाहरुसंग खेलेको देखेपछि चाउचाउ र १० रुपैयाँ दिएर मेला भन्दा १ किलोमिटर पर लागि बलात्कार गरे ।
यस्तै, उनीहरुले बलात्कारकै क्रममा असहय पिडाले चिच्च्याउदै गरेकी बालिकालाई मुख थुन्ने क्रममा बालिकाको मृत्यु भएको समेत स्विकार गरेका छन् । मृत्यु पश्चात् उनीहरुले बालिका मृत भए नभएको एकिन गर्न दोश्रो पटक घटना स्थल पुग्दा मृत बालिकालाई धान खेतमा माटो खनी मुख छोप्ने अभिप्रायले गाडेर भागेका थिए।
मुखियालाई बालिकाले (अङकल) काका भन्दै आएकी थिइन्। अँकलले १० रुपैयाँ दिएर बलात्कार गरे र त्यसपछि हत्या ।
दुर्गा पूजा हेर्न गएकी बालिकालाई योजनाबद्ध रुपमा बाहिर लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । शुक्रवार राति ७ बजेबाट बालिका हराए पनि ९ बजेबाट घरपरिवार तथा स्थानीयले बालिकाको खोज तलास गरेपनि नभेटिएपछि शनिवार विहान ९ बजे प्रहरीमा उजूरी गरेका थिए।
उजूरी पछि प्रहरीको टोलीले सोधखोज गर्ने क्रममा माछा मार्न खेतमा गएका स्थानीयहरुले बालिकाको शव देखेपछि प्रहरीलाई खबर गरेको थिए। सोही गाउँकै रेल्वे स्टेशन नजिकै श्रीराम साहको धानबारी खेतमा हत्या गरेर बालिकालाई पुरेको अवस्थामा शनिवार दिउँसो १ बजे प्रहरीले शव बरामद गरेको थियो।
शव बरामदसंगै प्रहरीले एक बालिकाको बयानको आधारमा दुवै अभियुक्तलाई खोज्न सुरु गरे। यता शनिवारका दिन अभियुक्त मुखिया जनकपुरधाम आएर फिल्म हलमा फिल्म हेरेर भ्रमरपुरा चोकमा रहेको बेलामा परिवारको सहयोगमा प्रहरीले पक्राउ परेका थियो। मुखियालाई पक्राउ पछि अर्को अभियुक्त पण्डितलाई उनको घर देउरी परवाहाबाटै पक्राउ गरिएको थियो।
हाल जनकपुरधाम अञ्चल अस्पतालमा शवको पोष्टमार्टम पछि परिवारजनको जिम्मा लगाईएको छ भने दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा थप अनुसन्धानका लागि राखिएको जनाइएको छ। मुखिया यसअघि पनि गोली प्रहार तथा लुटपाट सम्बन्धी मुद्दामा १० वर्षको जेल सजायमा ३ वर्षमा निस्केका अपराधिक गतिविधिमा संलग्न व्यक्ति हुन् ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…