राजदेवीमा मँगलबार र बुधबार 'खोईच भराई'
खोईच भराईसँगै भेटी (लडडु, प्रसाद चढाउने) कार्यक्रम समेत सप्तमीको राती १० बजेदेखि पँगतिवद्ध हुने

२०७५ असोज २७ शनिबार, बिहान १०:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको माता राजदेवीमा आउँदो मँगलबार र बुधबार खोईच भराई कार्यक्रम हुने भएको छ ।
राजा जनककी कुलदेवी मानिएकी माता राजदेवीमा प्रत्येक वर्ष भेटी र खोईच भराईको लागि हजारौँ हजार श्रद्धालुहरुको भीड लाग्ने गर्दछ । यसपाली पनि प्रत्येक वर्षझैँ भाकल गरेकी श्रद्धालु महिलाहरुले आउँदो असोज ३० र ३१ गते अर्थात मँगलबार र बुधबार विधिवत रुपमा खोईच भराई गर्न सकिने आयोजक महाविर युवा कमिटिका अध्यक्ष रोशन शेखर जयसवालले जानकारी दिए ।
खोईच भराई जहिले पनि गर्न सकिने भन्दै अध्यक्ष जयसवालले प्रत्येक वर्ष सप्तमी तिथी र अष्टमी तिथको मात्र शुभ मानिएको भन्दै खोईच भराई त्यही तिथिमा श्रद्धालुहरुले गर्दै आएको जनाए ।
खोईच भराईसँगै भेटी (लडडु, प्रसाद चढाउने) कार्यक्रम समेत सप्तमीको राती १० बजेदेखि पँगतिवद्ध हुने जनाइएको छ ।
महाविर युवा कमिटिको आयोजनामा प्रत्येक वर्ष हुँदै आएको खोईच भराई कार्यक्रम राजदेवी मन्दिरको पश्चिमपट्टिको टहराभित्र हुने आयोजकले जनाएको छ । सन्तानको दीर्घायू सहित अन्य गुहार सहित भेंटी चढाउने भाकल गरिएकी महिलाहरु खोईच भराईमा सहभागी हुने गरिएको छ ।
खोइच भराईको लागि तराई मधेसको विभिन्न जिल्ला सहित भारत विहारको समेत विभिन्न जिल्लाका श्रद्धालुहरु राजदेवी पूजनको लागि आउने गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…