सस्तो मोबाईलको खोजीमा रहेका ग्राहको लागि सुनौलो अवसर
बार फोन ९ सय देखि २ हजार र स्मार्ट फोन ६ देखि ८ हजार सम्ममा उपलब्ध हुने ।

२०७५ असोज २५ बिहीबार, बिहान ११:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सस्तो मोबाईलको खोजीमा रहेका ग्राहकहरुको लागि जनकपुरको समिर कम्पुटरले सुनौलो अवसर ल्याएको छ ।
अन्य मोबाईलको तुलनामा निकै सस्तो र भरपर्दो मोबाईल ओनेक्सको डिलर लिएर जनकपुरका समिर कम्पुटरले सस्तो मोबाईलको खोजीमा रहेका यस क्षेत्रका ग्राहकलाई राहत दिएको छ । ओनेक्स कम्पनीका बार फोन र स्र्माट फोन गरि विभिन्न ९ वटा मोडेलका मोबाईलको तत्काल विक्रिवित्तरण थालिएको समिर कम्पुटरका सञ्चालक हसन साफीले बताए ।
हसनका अनुसार ओनेक्सका स्मार्ट मोबाईलमा ईलाईट, फेम, स्वीफ, मेगा प्लस र एसिई र बार फोनको क्यानवि, गोल्डेन, नेक्पा र फोर्थ मोडेलका विक्रिवित्तरण मंगलवारदेखि सुरु भएको छ ।
बार फोन ९ सय देखि २ हजार र स्मार्ट फोन ६ देखि ८ हजार सम्ममा उपलब्ध हुने हसनले बताए । हसनले भने,‘ ओनेक्सका मोबाईलहरु सस्तो हुनुको साथै आकर्षक मोडेलहरुका छन्,त्यसैले ओनेक्स मोबाईलको यस क्षेत्रमा डिमाण्ड बढ्दै गएको छ ।’
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…