चाडपर्वको मुखमा महोत्तरीमा प्रहरीको सक्रियता बढदै , लाखौको कपडा तथा पटाका बरामद
मनिष शर्मा, महोत्तरी । महोत्तरीमा दशैँलाई लक्षित गर्दै प्रहरी तथा विभिन्न सुरक्षा निकायले गत दुई सातामा लाखौको कपडा तथा पटाका बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले बुधबार जलेश्वर नगरपालिका वडा न. ४ स्थित सडकबाट रु.३१,७५० मुल्य बराबरको ६१ पिस साडी, ६५ पिस बलाउजको कपडा र ८ पिस

२०७५ असोज २५ बिहीबार, बिहान ९:३१ बजे१ मिनेट पढाइ

मनिष शर्मा, महोत्तरी । महोत्तरीमा दशैँलाई लक्षित गर्दै प्रहरी तथा विभिन्न सुरक्षा निकायले गत दुई सातामा लाखौको कपडा तथा पटाका बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले बुधबार जलेश्वर नगरपालिका वडा न. ४ स्थित सडकबाट रु.३१,७५० मुल्य बराबरको ६१ पिस साडी, ६५ पिस बलाउजको कपडा र ८ पिस कुर्ता सुरवालको कपडा नियन्त्रणमा लिई जलेश्वर भन्सार कार्यालयमा बुझाएको छ ।
त्यस्तै रघुनाथपुर प्रहरी चौक्रीले सोनमा गाउँपालिका वडा न. ३ बाट रु. ८००० मुल्य बराबरको पटाका बरामद गरी नष्ट गरेको छ । सई झलक घिमिरेको कमाण्डमा खटिएको टोलीले भारतबाट लुकिछिपी ल्याउदै गरेको पटाका नियन्त्रणमा लिई नष्ट गरेको छ ।
बिगत दुई सातामा सशस्त्र प्रहरी र जनपत प्रहरीले गस्ती बढाउदै लाखौँ मुल्य बराबरको सामान बरामद गरिसकेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…