डा. सिके राउत थुनुवा कक्षमा असहज, प्रहरीद्धारा औषधी खान पनि रोक
दैनिक औषधी खान नदिएर राउतलाई असहज बनाएको भन्दै आन्दोलन गर्न विवस पार्न खोजेको आरोप लगाइएको छ ।

२०७५ असोज २४ बुधबार, राति १०:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । राज्य विप्लवको मुद्दामा रौतहटबाट पक्राउ परेका डा. सिके राउतलाई थुनुवा कक्षमा असहज बनाएको बताइएको छ ।
स्वतन्त्र मधेस गठबन्धनका सँयोजक समेत रहेका डा. सिके राउतलाई रौतहट अदालत परिसरबाट पक्राउ गरेपछि राज्य विप्लवको मुद्दा लगाउँदै रौतहट जिल्ला प्रहरी कार्यालयमा राखेका छन् । रौतहट अदालतमा पेशीको क्रममा पुगेका राउतलाई उनको ४ वर्षया छोरी सहित गिरफ्तार गरि राज्य विरुद्ध अपराध कसुर अन्तरर्गतको मुद्दा चलाएको छ ।
डा. राउत सहित अन्य ४ जनालाई बुधबार अति अस्तव्यस्त ठाउंमा सारिएको तथा फोहर सहित सुत्ने तथा बस्ने ठाउँ समेत अनुकूल नभएको भन्दै गठबन्धनका नेताहरुले त्यतिकै चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।
बुधबार एक डिजिटल प्रेस विज्ञप्ति जारी गर्दै डा. राउत नियमित सेवन गर्दै आएका औषधी समेत सेवन गर्न नदिएको आरोप लगाइएको छ । दैनिक औषधी खान नदिएर राउतलाई असहज बनाएको भन्दै आन्दोलन गर्न विवस पार्न खोजेको आरोप लगाइएको छ ।
"नेपाल प्रहरी प्रशासनको यस्तो गैर मानवीय व्यवहार र मानव अधिकारको आधारभूत आवश्यकताबाट वंचित गरी यातनाप्रति गम्भीर हुन सम्पूर्ण राष्ट्रिय ,अन्तर्राष्ट्रिय मानवअधिकार संगठनहरुलाई स्वतन्त्र मधेशगठबन्धन अपिल गर्दछ। डा. राउत र समातियका समर्थकहरुको गाँस, वास , कपासमा यदि ततकाल उचित प्रवन्ध भएन भने हाम्रो लागि महाआन्दोलनको विकल्प रहने छैन , समयमा सचेत हुन नेपाल सरकारलाई सचेतिकरण समेत गठबन्धन गर्दछ।" प्रवक्ता अब्दुल खानद्धारा जारी गरिएको डिजिटल प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सिके राउतलाई सर्वोच्च अदालतले समेत उक्त मुद्दामा सफाई दिएपनि पटक पटक प्रहरी पक्राउ गर्दै आएको छ । राउत पक्राउ परेपछि मधेसमा आन्दोलन उठेको छ भने विभिन्न ठाउँमा गृहमन्त्री, प्रधानमन्त्रीको पुतला दहन समेत गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…