धनुषाको कमला नपामा लठ्ठीले कुटदै जबरदस्ती बालविवाह, पाँच उपर उजुरी !
मेला हेर्न गएका ती दुई किशोर किशोरीबीच अति समान्य कुराकानी मात्र भएको थियो ।

२०७५ असोज २४ बुधबार, बेलुकी ६:५० बजे२ मिनेट पढाइ

गोविन्द महतो, धनुषा । धनुषामा लठ्ठीले कुट्दै कुरा गरेकै निहुँमा बल-जबरदस्ती बालविवाह गराइएको छ ।
पूर्वी धनुषाको कमला नगरपालिका वडा नं. ५ टरिया लक्कडमा एक १६ बर्षिय किशोर र १३ बर्षिय किशोरीको बल जबरदस्ती बालविवाह गराइएको छ । गत असोज ६ गते धनुषा र सिरहालाई जोडने कमला नदि छेउमै पर्ने टरिया लक्कडमा मुस्लिम धर्मावलम्बीहरुको उत्सव दाहा हेर्न गएको बेला सडक पेटीमा उभिएर कुरा गरेकै कारण आफूलाई गाउँका भद्रभलाद्मी भन्नेहरुले बाँसको लठ्ठीले कुटदै जबरदस्ती विवाह गराएका हुन् ।
मेला हेर्न गएका ती दुई किशोर किशोरीबीच अति समान्य कुराकानी मात्र भएको थियो । गाउँका एक दुई जनाले कुरा गरेको हेरेपछि त्यसै निहुँमा जरबदस्ती विवाह गराएको ईलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ ।
कुराकानी गरेकै निहुँमा अनेकन आरोप प्रत्यारोप लगाई गाउँका भद्रभलामदमी भनिएकाले केटालाई केटीको घरमा थुनेर राखियो । विहानपख असोज ७ गते ती दुई किशोर र किशोरी सहित घरपरिवारकै बिना मञ्जुरी जवरजस्ती विवाह गराएको जानकारी ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी ईन्चार्ज एवम् प्रहरी नीरिक्षक शेषराज थन्दारले दिए ।
विवाहको समयमा केटीको घरमै थुनेर राखेको केटाले आफू विवाह नगर्ने जिकिर गरे पनि किशोरीको आमाको सामुन्ने विवाह गराइएको जनाइएको छ ।
विवाह गर्न नमान्दा केटालाई त्यहाँका केही युवा तथा भद्र भलादमीले बाँसको लठ्ठी लिएर पिट्दै जवरजस्ती विवाह गराएका थिए। यति मात्र नभई गलत किशोर किशोरीले कुराकानी गरेकै निहुँमा दुवै परिवारबाट ५१/५१ हजार रुपैयाँ जरिवाना समेत तिर्न लगाए । केटा पक्षले जरिवाना तिरे पनि केटी पक्षले जरिवाना तिर्न नसकेपछि उसको डोरीमा बाँधिएको भैंसी खोलेर लगेको थियो।
प्रहरीको सक्रियता यतिका घटनापछि असोज १७ गते मात्र प्रहरीले जानकारीमा आयो । जानकारी पश्चात् इलाका प्रहरी कार्यालय खजुरीको टोलीले घटनालाई छानविनको दायरामा ल्यायो। छानविनको क्रममा जबरजस्ती केटीको घरबाट खोलेर लगेको भैंसीलाई धनीलाई फर्काउने काममा एक्सन लियो ।
घटना भएको कमला नपा वडा नं. ५ का वडाध्यक्ष शिवा पासमानको सहयोगमा पीडित परिवारले इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको हो । हाल उजुरीको प्रक्रियामा आवश्यक अनुसन्धान तथा घटना स्थलमा खिचिएका भिडियो तथा फोटोहरू जुटाउन प्रहरी लागेको र मुद्दा दर्ता प्रक्रियाका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक थन्दारले थपे ।
‘नियम र कानुनको खिल्ली उडाउँदै उमेर नपुगेका बालबालिकाको जवरजस्ती विवाह गराउने कसैलाई पनि प्रहरीले छोडदैन। अहिले मुद्दा दर्ताका लागि चाहिने आवश्यक कागजात संकलनमा लागेको छ। त्यो पूरा हुने वित्तिकै मुद्दा दर्ता गराई आवश्यक प्रक्रिया अगाडि बढाइने छ।’ नीरिक्षक थन्दारले भने ।
यता, लक्कडका वडा अध्यक्ष शिवा पासमानले आफू घटनाका दिन संयोगवश गाउँमा नरहेकोले घटना घट्न गएको बताए। उनले भने, ‘घटना अत्यन्त संवेदनशील छ, एउटा १३ वर्षीय किशोरी र १६ वर्षीय किशोरको जवरजस्ती विवाह गराउनु कानुनी अपराध हो। ’ त्यसैले कानुनी आधारमा गलत गरेकालाई कारवाहीको भागिदार हुनुपर्ने उनको तर्क छ।
सो कुटपिट, अमानवीय व्यवहार गरी जबरजस्ती बालविवाह गराउने कार्यमा संलग्न लक्कड टरियाका पाँच जनाविरुद्ध किशोरीकी आमाले उजुरी समेत दर्ता गराएकी छन्।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…