हिन्दी भाषाकी प्रखर कवियत्री पूजा “बहार” को एकल कविता वाचन
न्यूज ब्यूरो, सुनसरी । सुनसरीको दुहबी नगरपालिका वडा ५ बस्ने हिन्दी भाषाकी शसक्त एवम प्रखर कवियत्री पूजा ‘बहार’ को एकल कविता वाचन सम्पन्न भएको छ । समता साहित्य प्रतिष्ठान विराटनगरको आयोजनामा ‘बहार’ को कविता वाचन आयोजना गरिएको हो । स्थानिय सुशिला कोइराला नाटक घरमा आयोजना गरिएको कार्यक्रममा कवियत्री ‘ब

२०७५ असोज २१ आइतबार, दिउँसो ३:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सुनसरी । सुनसरीको दुहबी नगरपालिका वडा ५ बस्ने हिन्दी भाषाकी शसक्त एवम प्रखर कवियत्री पूजा ‘बहार’ को एकल कविता वाचन सम्पन्न भएको छ । समता साहित्य प्रतिष्ठान विराटनगरको आयोजनामा ‘बहार’ को कविता वाचन आयोजना गरिएको हो ।
स्थानिय सुशिला कोइराला नाटक घरमा आयोजना गरिएको कार्यक्रममा कवियत्री ‘बहार’ले आफुद्वारा रचित विभिन्न १४ वटा कविता वाचन गरिन् । कार्यक्रममा कवि, साहित्यकार तथा राजनितिज्ञहरु दिनेश श्रेष्ठ, शोभा लामा, गङ्गा सुवेदी, महेश रेग्मी, शिवनारायण पंडित सिंगल, विवश पोखरेल, मधु पोखरेल, रामबाबु दाहाल, प्रेम संजेल, दधिराज सुवेदी, मंजिला शर्मा लगायतको उपस्थिति थियो ।
एकल कविता वाचनमा कवियत्री पूजा ‘बहार’ले मानवीय संवेदनासंग जोडिएका कविताहरु वाचन गरेर श्रोतालाई मन् मस्तिष्क जितन सफलभएको थिईन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…