नजिकिदो चाडपर्वलाई लक्षित गरी दुहबीमा सुरक्षा ब्यवस्था कडा
शान्ती सुरक्षा कायम गर्नका लागि दुहबी प्रहरीले बिशेष सुरक्षा रणनीति सार्वजनिक गरेको छ ।

२०७५ असोज २१ आइतबार, दिउँसो १२:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सुनसरी । हिन्दुहरुको नजिकिदै गरेको ठुला चाडपर्वका समयमा सुनसरीको दुहबीमा शान्ती सुरक्षा कायम गर्नका लागि दुहबी प्रहरीले बिशेष सुरक्षा रणनीति सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालयले आयोजना गरेको भेटघाट कार्यक्रममा इप्रका दुहबीका निरिक्षक रामनारायण माझीले दशै तिहार छैठलगायतका चाडपर्वका समयमा दुहबी वासीहरुलाई मजवुत सुरक्षा प्रदान गर्नका लागि शान्ती सुरक्षाका विभिन्न रणनितिहरु अपनाउने बताए ।
प्रहरीले चाडपर्वको समयमा सडकमा हुने अराजकता अनुशासनहिन गतिविधिदेखी सडक सुशासनका लागि संयुक्त रुपमा सुरक्षा नीति लागु गरिने प्रहरी निरिक्षक माझीले बताए ।
विष्फोटक पदार्थ नियन्त्रण, जुवाजन्य खेलहरु नियन्त्रण र निगरानी, चोरी तस्करी नियन्त्रण, खाद्यान्नको कृत्तिम अभाव र कालोबजारी उपर निगरानी, मदिराजन्य वस्तुहरुको विक्री तथा वितरणमा कडाई, चोरी लुटपाटका घटनाहरु हुन नदिन पूर्व तयारी र सर्वसाधरणहरुमा सचेतना अपनाउने सुरक्षा रणनीति रहेको प्रहरी निरिक्षक माझिले बताए ।
बजारमा हुने विभिन्न खालका गतिविधिहरुलाई निगरानी गर्नका लागि प्रहरीहरुलाई विभिन्न माध्यमबाट परिचालन गरी सर्वसाधरणहरुलाई सुरक्षा प्रदान गर्ने तयारी गरेकोसमेत माझिले बताए ।
चिठ्ठा चन्दा असुली सहयोग संकलन लगायत मेला तथा मनोरञ्जनका नाममा हुने ठगी र गुण्डागर्दीलाई नियन्त्रण गर्न सादा पोसाक, पैदल, साइकल तथा विभिन्न सवारी साधनहरुमा प्रहरी परिचालन गरी गुण्डागर्दी हुनै नदिने रणनीति अपनाईएको समेत भेटघाटमा उनले जानकारी दिए । भेटघाट कार्यक्रममा दुहबी नगरपालिकाका मेयर बेदनरायण गच्छदार ,स्थानिय निकाए बडा अध्यक्ष प्रतिनिधि , दुहबी जेसिज नव युवा कलब ,समुदाय प्रहरीका अध्यक्ष दिपक राई ,सबुज ९ग० गुल्मका गुल्मपति सेनानि बिक्रम राई , शस्त्र बैँस क्याम्प दुहबीका नायबनिरिक्षक लोकबहादुर बस्नेत ,स्थानिय संचारकर्मि र बिभिन्य संघसंस्था प्रतिनिधिहरु उपस्थित थियोे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…