धनुषामा महिलासँग प्रहरीले दुरव्यवहार गरेको भन्दै प्रहरीचौकी तनावग्रस्त !
प्रहरी नीरिक्षक शेषराज थन्दारले प्रहरी जवानहरुको कसूर स्वीकार गरेका छन् ।

२०७५ असोज २१ आइतबार, बिहान ११:१४ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको ईलाका प्रहरी कार्यालय खजुरी अन्तर्गत पर्ने प्रहरी चौकी ईनरवाका प्रहरीले सर्वसाधारण महिलासँग दुरव्यवहार गरेको भन्दै स्थानीयहरु चौकी घेराउ गरेका छन् ।
शनिबार भारतीय बजार जयनगरबाट फर्कने क्रममा जनकनन्दी गाउँपालिका वडा नं. ५ बनरझुला बस्ने एक परिवारका महिला तथा पुरुषलाई बेकसुर कुटपिट गरेको भन्दै विरोधमा स्थानीयहरु चौकी घेराउ गरेपछि तनावग्रस्त भएको छ ।
"हामी चारचक्के सवारी लिएर जयनगर बजार गएका थियौँ, हामी परिवारसँगै थियौँ, सवारी चेकजाँच गरियो, चेकजाँच गरेपछि हामीलाई जान भन्यो । गाडीमा बसेर गाडी कुदाएलगत्तै एक प्रहरीले अश्लिल शब्दको गाली गरयो । मैले सवारीबाट ओर्लेर गाली किन गर्नुभएको भनेर सोध्यौँ, अनि त्यतिकैमा धक्का दिएर पाईपले मलाई, मेरो बहिनी र आमालाई पनि चार जना मिलेर कुटपिट गर्न थाल्यो ।" पीडित १९ बर्षिय सुरेश यादवले भने ।

सुरेशकी आमा बर्ष ५० की सूर्यकला देवी र दिदी बर्ष २० की आशा यादवलाई समेत प्रहरीले प्लास्टिकको पाईपले तथानाम गाली गर्दै कुटपिट गरेको पीडितको कथन छ ।
भारतीय नम्बर प्लेको नम्बरको गाडीमा सवार ती परिवारलाई प्रहरी प्रहरी चौकी इन्चार्ज अशोक दर्नाल, प्रहरी हवल्दार संजय कुमार सिंह, प्रहरी जवान राम बचन यादव र प्रहरी जवान रोशन चौधरीले कुटपिट गरेको पीडितको आरोप छ ।
यता, घटना बारे ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी ईन्चार्ज एवम् प्रहरी नीरिक्षक शेषराज थन्दारले प्रहरी जवानहरुको कसूर स्वीकार गरेका छन् ।


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…