एमआई मोबाईलको डिलर जनकपुरमा, दशैँ तिहारमा बम्पर अफर !
एमआई मोबाईल अहिले नेपाल र भारतमा सुविधाको हिसाबले लोकप्रिय मोबाईलको रुपमा बजार बनाएको छ ।

२०७५ असोज १९ शुक्रबार, दिउँसो ३:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मोबाईल जगतमा भारतको उत्कृष्ट कम्पनीमध्ये एक एमआई मोबाईलको डिलरसिप जनकपुरधामा शुभारम्भ गरिएको छ ।
जनकपुरधामको भानुचोक स्थित रहेको राष्ट्रिय वाणिज्य वैँकको तल आर. जे. फ्राइन्डस जनकपुरको सँचालनमा "आरजे फ्राईन्डस ट्रेड लिंक" जनकपुर नामक डिलर नामको डिलरसिपको शुभारम्भ गरिएको हो । नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ पर्वलाई अवसर पारेर विभिन्न प्रकारको बम्पर अफर सहित सस्तोमा उच्च स्तरीय मोडेलको मोबाईल विक्रि वितरण भईरहेको जनकपुर शाखा डिलरका प्रबन्धक एवम् सँचालक रकी साहले जानकारी दिए ।

दशैँ तिहारको अवसर पारेर कम्पनीले एमआई मोबाईलको Redmi6A, Redmi6, MiA2, MIA2Lite लगायतका मोडेलहरु सस्तो मूल्यमा उपलब्ध गराइरहेको जनाइएको छ । बम्पर अफरमा अन्य समयभन्दा अति सस्तोमा मोबाईल उपलब्ध गराइने सँचालक साहले जनाए ।
एमआई मोबाईल अफरबारे विस्तृत यो लिंकमा :
https://m.facebook.com/story.php?story_fbid=2625145604378048&id=1954741198085162
एमआई स्टोर एक कार्यक्रमबीच उद्घाटन गरिएको हो । स्टोर खुलेपछि जनकपुर क्षेत्रका ग्राहकहरुको लागि एमआई मोबाईलको सेवा सुविधा यत्तैबाट प्राप्त गर्न सकिने बजार प्रतिनीधि समिर कश्यपले जनाए ।

एमआई मोबाईल अहिले नेपाल र भारतमा सुविधाको हिसाबले लोकप्रिय मोबाईलको रुपमा बजार बनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…