समाजसेवी यादवद्धारा विपन्नलाई सिलाई मेसिन र अशक्तलाई व्हीलचेयर
विधायकमा निर्वाचित भएपनि समाजसेवाको बाटोलाई भने झन सक्रिय र प्रगाढ बनाएका हुन् ।

२०७५ असोज १९ शुक्रबार, बिहान ९:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । वरिष्ठ समाजसेवी एवम् प्रदेश नं. २ का विद्यायक राम अशिष यादवको प्रयासमा २० परिवारलाई सिलाई मेसिन एवम् व्हीलचेयर वितरण गरिएको छ ।
धनुषाको विभिन्न ठाउँमा १० विपन्न परिवारलाई सिलाई मेसिन प्रदान गरिएको छ भने १० अशक्तलाई व्हीलचेयर वितरण गरिएको हो । चेतना मलँगवा, स्वाती काठमान्डौँको सँयोजन तथा कत्तार च्यारिटीको सहयोग एवम् वरिष्ठ समाजसेवी तथा विद्यायक यादवको प्रयासबाट उनीहरुलाई सिलाई मेसिन र व्हीलचेयर वितरण गरिएको हो ।
स्वाती सँस्था काठमान्डौँकी सँयोजक सँगीता निरौलाको अध्यक्षता एवम् समाजसेवी यादवको प्रमुख आतिथ्यमा जिल्लाको विभिन्न ठाउँमा विपन्न परिवार एवम् अशक्त (अपाङग) परिवारलाई व्हीलचेयर वितरण गरिएको हो ।

रँगीला पासवान,रामतोला मण्डल, हिरा पण्डित, दिपीका राम चमार, अनिता राउत, फूल कुमारी पासवान, चन्दा देवी मण्डल, चाँदनी पासवान, अनिता साह सहित विपन्न वर्गका परिवारलाई जीवीकोपार्जन तथा आत्मनिर्भर बनाउने उदेश्यले सिलाई मेसिन वितरण गरिएको समाजसेवी एवम् विद्यायक यादवले थपे ।
पूर्व एआईजी विजयलाल कायश्थ, प्रध्यापक डा. भोगेन्द्र झा, सुरेश शर्मा, अपाँग समाज धनुषाका अध्यक्ष सत्रुधन लाल कर्णको विशेष उपस्थितिमा २० सै परिवारलाई उक्त समाग्री वितरण गरिएको हो ।
समाजसेवी यादव प्रदेश नं. २ को धनुषा निर्वाचन क्षेत्र नं. २ 'ख' बाट विधायकमा निर्वाचित भएपनि समाजसेवाको बाटोलाई भने झन सक्रिय र प्रगाढ बनाएका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…