धनुषाको पर्शुराम तलाउमा भव्य जितिया, मन्त्री भने, जितिया 'प्रदेशको धरोहर'
जितिया पर्व प्रदेशको सांस्कृतिक धरोहर , यसको संरक्षणका लागि भएको प्रयास निक्कै प्रशंसनीय !

२०७५ असोज १६ मंगलबार, राति ८:०३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मिथिला सहित तँराई मधेशमा जारी रहेको महान पर्व जितियाको अवसर पारेर धनुषाका जिल्लाको मिथिला विहारी नगरपालिकाको ऐतिहासिक परशुराम तलाउँमा जितिया महोत्सव कार्यक्रमको आयोजना गरिएको छ ।
"अप्पन सांस्कृति अप्पन समाज" मूल नारा सहित सो नगरपालिकामा उपमेयरका प्रत्यासी रहेकी सीता यादवको अगुवाई तथा सक्रियतामा महोत्सव कार्यक्रमको आयोजना गरिएको छ । ऐतिहासिक परशुराम तँलाउँमा जितिया मनाउने ब्रतिहरुको बीचमा आयोजना गरिएको सांस्कृति कार्यक्रम सहितको महोत्सवमा जितिया पर्वको महत्व दर्शाउने प्रयास गरिएको थियो ।
कार्यक्रममा बोल्दै मन्त्री यादवले जितिया पर्व प्रदेशको सांस्कृतिक धरोहर भएको बताउदै यसको संरक्षणका लाथि भएको प्रयास निक्कै प्रशंसनीय भएको बताए ।
सास्कृतिक महोत्सवमा सहभागि हुनका लागि मिथिला विहारी नगरपालिकाका अतिरिक्त वरपरका व्यक्तिहरु पनि उल्लेख्य संख्यामा उपस्थित रहेका थिए । कार्यक्रमको उद्घाटन प्रदेश नंं २ को आर्थिक विकास तथा योजनामन्त्री विजय यादवले गरेका थिए । कार्यक्रममा बोल्दै मन्त्री यादवले जितिया पर्व प्रदेशको सांस्कृतिक धरोहर भएको बताउदै यसको संरक्षणका लाथि भएको प्रयास निक्कै प्रशंसनीय भएको बताए ।
उनले जितिया पर्व सत्य निष्ठा, पवित्रताको पर्व भएको बताउदै यस दिनमा आमाहरुले सन्ताको आयुको साथै सन्तानलाई सुयोग्य तथा कर्मठ नागरिक बनाउने प्रण गर्नु पर्ने आवश्यकतामा पनि जोड दिए ।
प्रदेश नंं २ को आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेश सरकारले जितिया पर्वको उच्च महत्व दिएको बताउदै यस दिनमा आमाहरुले छोरा र छोरीका बीचमा कुनै विभेद नगर्ने समान किसिमले शिक्षा दिक्षा दिने प्रण गर्नु पर्ने धारणा पनि राखे । उनले प्रदेश सरकारले सवै प्रकारको विभेदको अन्त्य गर्नका लागि प्रदेशलाई समावेशी सिद्धान्तको दृष्टिकोणले नमूना प्रदेश बनाउने गरि ऐन कानूनको निर्माण गरिरहेको बताए ।
उनले अव प्रदेश सरकारले ल्याउन लागेको प्रहरी ऐनमा महिलालाई ५० प्रतिशत आरक्षण दिन लागेको पनि बताए । उनले यसका साथै अन्य कानूनहरुमा पनि समानताको नीति अवलम्बन गर्ने गरि अगाडी बढेको पनि बताए । कार्यक्रममा सभापतिको आसनवाट बोल्दै सीता यादवले जितिया पर्वको महत्व दर्शाउन तथा संस्कृतिको संरक्षणका लागि कार्यक्रमको आयोजना गरेको बताईन् ।
कार्यक्रममा जीवच्छ यादव, कपिलेश्वर यादव सहितका वडाध्यक्षहरुले पनि जितिया पर्वको शुभकामना दिएका थिए । सोही अवसरमा विभिन्न व्यक्तिहरुलाई योगदान दिए वापत सम्मानित गरिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…