गान्धी जयन्तीमा मुख्यमन्त्री र मोनाष्टिकको सरसफाई
मित्र राष्ट्र भारतका राष्ट्रपिता एवं अहिंसा वादी आन्दोलनका प्रणेता महात्मा गान्धीको अवसरमा सरसफाई ।

२०७५ असोज १६ मंगलबार, बिहान ११:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । १४९ औं गान्धी जयन्ति तथा अन्तराष्ट्रिय अहिंसा दिवसमा प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरधाममा वृहत सरसफाई गरिएको छ ।
प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतको अगुवाई जनकपुरधामको भानुचोकदेखि मुरलीचोकसम्म सरसफाई गरिएको हो । प्रदेश सभा सदस्य तथा सफाई अभियन्ता राम अशिष यादवको विषेश सक्रियतामा भएको सरसफाई कार्यक्रममा मुख्यमन्त्री राउत सहित मोनाष्टिक लियो क्लबका छात्रछात्राहरुले समेत झाडु लगाउँदै सरसफाईलाई निरन्तरता दिएको हो ।
सरसफाई कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले जनकपुरधाममा मात्र होइन प्रदेशमै जहाँ पनि सरसफाई कार्यक्रमलाई थप निरन्तरता दिनुपर्ने आग्रह गरे ।
प्रदेश सभा सदस्य चमेली देवी दास लगायत विभिन्न क्षेत्रका प्रवुद्ध व्यक्तिहरु, विभिन्न विद्यालयका विद्यार्थीहरुको विशेष सहभागिता रहेको थियो ।
महात्मा गान्धी स्मृति प्रतिष्ठानले आयोजना तथा सेभ द हिस्टोरिकल जनकपुरको सहकार्यमा आयोजना गरिएको वृहत सरसफाई कार्यक्रम जनकपुरको भानुचौक देखी शुरु भएर मुर्ली चोक सम्म पुगेको थियो ।
सरसफाई कार्यक्रमलाई समापन गर्दै मुख्यमन्त्री राउतले मित्र राष्ट्र भारतका राष्ट्रपिता एवं अहिंसा वादी आन्दोलनका प्रणेता महात्मा गान्धीको अवसरमा प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा गरिएको सरसफाई स्वच्छतालाई प्राथमिकतामा राख्ने सन्देश रहेको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…