कोशिश फाउण्डेशनको सहयोगले राम परिवारलाई ' ट्रायल साईकल'
कोशिश फाउण्डेशनको सक्रिय सहभागितामा त्यो परिवारमा हर्ष छाएको छ ।

२०७५ असोज १५ सोमबार, बिहान ११:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । असहाय र विपन्नहरुको लागि मेडिकल सेक्टरमा निरन्तर कार्य गर्दै आएको कोशिश फाउण्डेशनको सहयोगले एक अपाँग परिवार नै हर्षित भएको छ ।
दुवै खुट्टाले अपांग ११ बर्षीय मुस्कान राम चमारलाई मुकुन्द फुयालको छोरा मिलिन्ड फुयालले यु.के. बेलायतबाट कोशिश फाउण्डेसन मार्फत ह्वलचेयर सहयोग गरेपछि उक्त परिवारमा खुसियाली छाएको छ ।
श्रम गर्न खाडी मुलुकमा विगत १५ वर्षदेखि कतारमा रहेका महोतरीका जलेश्वर निवासी बद्रीनाथ झाले रौतहटको परोहा नगरपालिका–७ नरकटिया खापका असहाय दुवै खुट्टाले अपांग ३६ बर्षीय उपेन्द्र राम चमारलाई ट्रायल साईकल सहयोग गरेका छन् ।
महोतरी निवासी युवा समाजसेवी झाले आफू प्रवासमा रहेर पनि नेपालको एक पीडितलाई सहयोग गर्न पाउँदा आनन्दित भएको बताएका छन् । ‘म पहिलादेखि नै अपांगता, असहाय, गरिब भएका व्यक्तिलाई सहयोग गर्न मन पराउने मान्छे हुँ । नेपाल आएको बेला उनीसँग भेट्ने मौका पाए अझ खुशी महसुश हुनेछ । अपांगता भएका रामको जिवनमा यसबाट केही परिर्वतन होस भन्ने मात्र सोचले सानो सहयोग गरेको बताउनुभो ।’
रामको घरको आर्थिक अवस्था निकै कमजोर भएकाले अरु बालबालिका जसतै घर बाहिर वा विधायल जान चाहेर पनि जान्न चाहना हुदा हुदै पनि कुनै सुविधा उपलब्ध परिवारबाट हुन नसकेकाले दिनभरि घरमा बसेर नै जिवन बिताउछिन ।
अब ह्वेलचेयर पाएपछि विधालय र साथीहरुसँग रमाउन पनि सजिलो भएकोले सहयोगी दातालाई धन्यवाद समेत रामको आमाले दिईन । रौतहटबाट सँचारकर्मी अभिमनु कुमार पटेलको पहलमा कतार र बेलायतबाट आएको सो समाग्री अपांग रामको घरमै पुगेर हस्तान्तरण गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…